Bible

John 19 - DBY (Nepali)

1 Then Pilate therefore took Jesus and scourged [him].तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।

2 And the soldiers having plaited a crown of thorns put it on his head, and put a purple robe on him,सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए

3 and came to him and said, Hail, king of the Jews! and gave him blows on the face.सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।

4 And Pilate went out again and says to them, Lo, I bring him out to you, that ye may know that I find in him no fault whatever.फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।”

5 (Jesus therefore went forth without, wearing the crown of thorn, and the purple robe.) And he says to them, Behold the man!येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”

6 When therefore the chief priests and the officers saw him they cried out saying, Crucify, crucify [him]. Pilate says to them, Take him ye and crucify [him], for I find no fault in him.जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्, क्रूसमा यसलाई टाँग्नुहोस्। तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग । मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”

7 The Jews answered him, We have a law, and according to [our] law he ought to die, because he made himself Son of God.यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

8 When Pilate therefore heard this word, he was the rather afraid,जब पिलातसले यो सुने, उनी साह्रै डराए।

9 and went into the praetorium again and says to Jesus, Whence art thou? But Jesus gave him no answer.पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन।

10 Pilate therefore says to him, Speakest thou not to *me*? Dost thou not know that I have authority to release thee and have authority to crucify thee?पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”

11 Jesus answered, Thou hadst no authority whatever against me if it were not given to thee from above. On this account he that has delivered me up to thee has [the] greater sin.येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उ तपाईं भन्दा महापापको दोषी हो।”

12 From this time Pilate sought to release him; but the Jews cried out saying, If thou releasest this [man], thou art not a friend to Caesar. Every one making himself a king speaks against Caesar.त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”

13 Pilate therefore, having heard these words, led Jesus out and sat down upon [the] judgment-seat, at a place called Pavement, but in Hebrew Gabbatha;पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।

14 (now it was [the] preparation of the passover; it was about the sixth hour;) and he says to the Jews, Behold your king!यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”

15 But they cried out, Take [him] away, take [him] away, crucify him. Pilate says to them, Shall I crucify your king? The chief priests answered, We have no king but Caesar.यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नू होस्।”पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाऊँछौ?”मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”

16 Then therefore he delivered him up to them, that he might be crucified; and they took Jesus and led him away.तब येशूलाई क्रूसमा झुणड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।सिपाहीहरूले येशूलाई लगे।

17 And he went out, bearing his cross, to the place called [place] of a skull, which is called in Hebrew, Golgotha;येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)

18 where they crucified him, and with him two others, [one] on this side, and [one] on that, and Jesus in the middle.गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुई पट्टि अनि यशूलाई बीचमा राखे।

19 And Pilate wrote a title also and put it on the cross. But there was written: Jesus the Nazaraean, the King of the Jews.पिलातसले “संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो।“नासरतको येशू, यहूदीहरूका राजा।”

20 This title therefore many of the Jews read, for the place of the city where Jesus was crucified was near; and it was written in Hebrew, Greek, Latin.पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।

21 The chief priests of the Jews therefore said to Pilate, Do not write, The king of the Jews, but that *he* said, I am king of the Jews.यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, “यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।”

22 Pilate answered, What I have written, I have written.पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।

23 The soldiers therefore, when they had crucified Jesus, took his clothes, and made four parts, to each soldier a part, and the body-coat; but the body-coat was seamless, woven through the whole from the top.क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।

24 They said therefore to one another, Let us not rend it, but let us cast lots for it, whose it shall be; that the scripture might be fulfilled which says, They parted my garments among themselves, and on my vesture they cast lots. The soldiers therefore did these things.यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18सिपाहीहरूले त्यसै गरे।

25 And by the cross of Jesus stood his mother, and the sister of his mother, Mary the [wife] of Clopas, and Mary of Magdala.येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।

26 Jesus therefore, seeing his mother, and the disciple standing by, whom he loved, says to his mother, Woman, behold thy son.येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”

27 Then he says unto the disciple, Behold thy mother. And from that hour the disciple took her to his own home.त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।

28 After this, Jesus, knowing that all things were now finished, that the scripture might be fulfilled, says, I thirst.त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”

29 There was a vessel therefore there full of vinegar, and having filled a sponge with vinegar, and putting hyssop round it, they put it up to his mouth.त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।

30 When therefore Jesus had received the vinegar, he said, It is finished; and having bowed his head, he delivered up his spirit.उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

31 The Jews therefore, that the bodies might not remain on the cross on the sabbath, for it was [the] preparation, (for the day of that sabbath was a great [day],) demanded of Pilate that their legs might be broken and they taken away.यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।

32 The soldiers therefore came and broke the legs of the first and of the other that had been crucified with him;सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।

33 but coming to Jesus, when they saw that he was already dead they did not break his legs,तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।

34 but one of the soldiers pierced his side with a spear, and immediately there came out blood and water.तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।

35 And he who saw it bears witness, and his witness is true, and he knows that he says true that ye also may believe.ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।

36 For these things took place that the scripture might be fulfilled, Not a bone of him shall be broken.यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”

37 And again another scripture says, They shall look on him whom they pierced.अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”

38 And after these things Joseph of Arimathaea, who was a disciple of Jesus, but secretly through fear of the Jews, demanded of Pilate that he might take the body of Jesus: and Pilate allowed it. He came therefore and took away the body of Jesus.त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।

39 And Nicodemus also, who at first came to Jesus by night, came, bringing a mixture of myrrh and aloes, about a hundred pounds [weight].निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।

40 They took therefore the body of Jesus and bound it up in linen with the spices, as it is the custom with the Jews to prepare for burial.यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगान्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाडदथे।

41 But there was in the place where he had been crucified a garden, and in the garden a new tomb in which no one had ever been laid.जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।

42 There therefore, on account of the preparation of the Jews, because the tomb was near, they laid Jesus.मानिसहरूले येशूलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।

Nepali Bible