John 13 - BBE (Nepali)
1 Now before the feast of the Passover, it was clear to Jesus that the time had come for him to go away from this world to the Father. Having once had love for those in the world who were his, his love for them went on to the end.यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2 So while a meal was going on, the Evil One having now put it into the heart of Judas Iscariot, Simon's son, to be false to him,येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।
3 Jesus, being conscious that the Father had put everything into his hands, and that he came from God and was going to God,पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
4 Got up from table, put off his robe and took a cloth and put it round him.जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।
5 Then he put water into a basin and was washing the feet of the disciples and drying them with the cloth which was round him.तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6 So he came to Simon Peter. Peter said, Lord, are my feet to be washed by you?येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7 And Jesus, answering, said to him, What I do is not clear to you now, but it will be clear to you in time to come.येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”
8 Peter said, I will never let my feet be washed by you, never. Jesus said in answer, If I do not make you clean you have no part with me.पत्रुसले भने, “अहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9 Simon Peter said to him, Lord, not my feet only, but my hands and my head.शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु हवस्।”
10 Jesus said to him, He who is bathed has need only to have his feet washed and then he is clean all over: and you, my disciples, are clean, but not all of you.येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”
11 (He had knowledge who was false to him; that is why he said, You are not all clean.)यशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12 Then, after washing their feet and putting on his robe again, he took his seat and said to them, Do you see what I have done to you?येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें?”
13 You give me the name of Master and Lord: and you are right; that is what I am.तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ।
14 If then I, the Lord and the Master, have made your feet clean, it is right for you to make one another's feet clean.तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।
15 I have given you an example, so that you may do what I have done to you.मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें । र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें।
16 Truly I say to you, A servant is not greater than his lord; and he who is sent is not greater than the one who sent him.म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।
17 If these things are clear to you, happy are you if you do them.यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
18 I am not talking of you all: I have knowledge of my true disciples, but things are as they are, so that the Writings may come true, The foot of him who takes bread with me is lifted up against me.“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।
19 From this time forward, I give you knowledge of things before they come about, so that when they come about you may have belief that I am he.अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।
20 Truly I say to you, He who takes to his heart anyone whom I send, takes me to his heart; and he who so takes me, takes him who sent me.यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
21 When Jesus had said this he was troubled in spirit, and gave witness, saying, Truly I say to you, that one of you will be false to me.जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँचो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22 Then the eyes of the disciples were turned on one another, in doubt as to whom he had in mind.येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो।
23 There was at table one of his disciples, the one dear to Jesus, resting his head on Jesus' breast.उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।
24 Making a sign to him, Simon Peter said, Who is it he is talking about?शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25 He, then, resting his head on Jesus' breast, said to him, Lord, who is it?त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26 This was the answer Jesus gave: It is the one to whom I will give this bit of bread after I have put it in the vessel. Then he took the bit of bread, put it into the vessel, and gave it to Judas, the son of Simon Iscariot.येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
27 And when Judas took the bread Satan went into him. Then Jesus said to him, Do quickly what you have to do.जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!”
28 Now it was not clear to anyone at table why he said this to him.भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्।
29 Some were of the opinion that because Judas kept the money-bag Jesus said to him, Get the things we have need of for the feast; or, that he was to give something to the poor.यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30 So Judas, having taken the bit of bread, straight away went out: and it was night.यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
31 Then when he had gone out, Jesus said, Now is glory given to the Son of man, and God is given glory in him.यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।
32 If God is given glory in him, God will give him glory in himself, and will give him glory even now.यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 My dear children, I am only to be with you a little longer. Then you will be looking for me: and as I said to the Jews, so now I say to you, Where I am going you may not come.येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 I give you a new law: Have love one for another; even as I have had love for you, so are you to have love one for another.“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
35 By this it will be clear to all men that you are my disciples, if you have love one for another.यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
36 Simon Peter said to him, Lord, where are you going? Jesus said in answer, Where I am going you may not come with me now, but you will come later.शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37 Peter said to him, Why may I not come with you even now? I will give up my life for you.पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38 Jesus said in answer, Will you give up your life for me? Truly I say to you, Before the cry of the cock you will have said three times that you are not my disciple.येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
Nepali Bible