John 11 - YLT (Nepali)
1 And there was a certain one ailing, Lazarus, from Bethany, of the village of Mary and Martha her sister --त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
2 and it was Mary who did anoint the Lord with ointment, and did wipe his feet with her hair, whose brother Lazarus was ailing --मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।
3 therefore sent the sisters unto him, saying, `Sir, lo, he whom thou dost love is ailing;'मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
4 and Jesus having heard, said, `This ailment is not unto death, but for the glory of God, that the Son of God may be glorified through it.'जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
5 And Jesus was loving Martha, and her sister, and Lazarus,येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।
6 when, therefore, he heard that he is ailing, then indeed he remained in the place in which he was two days,जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।
7 then after this, he saith to the disciples, `We may go to Judea again;'तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
8 the disciples say to him, `Rabbi, now were the Jews seeking to stone thee, and again thou dost go thither!'चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
9 Jesus answered, `Are there not twelve hours in the day? if any one may walk in the day, he doth not stumble, because the light of this world he doth see;येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?”
10 and if any one may walk in the night, he stumbleth, because the light is not in him.'तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
11 These things he said, and after this he saith to them, `Lazarus our friend hath fallen asleep, but I go on that I may awake him;'येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”
12 therefore said his disciples, `Sir, if he hath fallen asleep, he will be saved;'चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुन्छ भने, ऊ निको हुनेछ।”
13 but Jesus had spoken about his death, but they thought that about the repose of sleep he speaketh.येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
14 Then, therefore, Jesus said to them freely, `Lazarus hath died;त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।
15 and I rejoice, for your sake, (that ye may believe,) that I was not there; but we may go to him;'अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
16 therefore said Thomas, who is called Didymus, to the fellow-disciples, `We may go -- we also, that we may die with him,'तब थोमाले (जसलाई दिदिमस भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसंगै यहूदियामा मर्नेछौं।”
17 Jesus, therefore, having come, found him having been four days already in the tomb.येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।
18 And Bethany was nigh to Jerusalem, about fifteen furlongs off,बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो।
19 and many of the Jews had come unto Martha and Mary, that they might comfort them concerning their brother;धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
20 Martha, therefore, when she heard that Jesus doth come, met him, and Mary kept sitting in the house.मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
21 Martha, therefore, said unto Jesus, `Sir, if thou hadst been here, my brother had not died;मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएनन्।
22 but even now, I have known that whatever thou mayest ask of God, God will give to thee;'तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
23 Jesus saith to her, `Thy brother shall rise again.'येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
24 Martha saith to him, `I have known that he will rise again, in the rising again in the last day;'मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
25 Jesus said to her, `I am the rising again, and the life; he who is believing in me, even if he may die, shall live;येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
26 and every one who is living and believing in me shall not die -- to the age;अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
27 believest thou this?' she saith to him, `Yes, sir, I have believed that thou art the Christ, the Son of God, who is coming to the world.'मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
28 And these things having said, she went away, and called Mary her sister privately, saying, `The Teacher is present, and doth call thee;'मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यु यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”
29 she, when she heard, riseth up quickly, and doth come to him;जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन।
30 and Jesus had not yet come to the village, but was in the place where Martha met him;येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासंग भेट भएको थियो।
31 the Jews, therefore, who were with her in the house, and were comforting her, having seen Mary that she rose up quickly and went forth, followed her, saying -- `She doth go away to the tomb, that she may weep there.'यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
32 Mary, therefore, when she came where Jesus was, having seen him, fell at his feet, saying to him, `Sir, if thou hadst been here, my brother had not died;'मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
33 Jesus, therefore, when he saw her weeping, and the Jews who came with her weeping, did groan in the spirit, and troubled himself, and he said,येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।
34 `Where have ye laid him?' they say to him, `Sir, come and see;'येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
35 Jesus wept.येशू रुनुभयो।
36 The Jews, therefore, said, `Lo, how he was loving him!'अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।
37 and certain of them said, `Was not this one, who did open the eyes of the blind man, able to cause that also this one might not have died?'तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?
38 Jesus, therefore, again groaning in himself, cometh to the tomb, and it was a cave, and a stone was lying upon it,येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो।येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढंङ्गाले ढाकिएको थियो।
39 Jesus saith, `Take ye away the stone;' the sister of him who hath died -- Martha -- saith to him, `Sir, already he stinketh, for he is four days dead;'येशूले भन्नुभयो, “ढुंगा हटाऊ।”मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
40 Jesus saith to her, `Said I not to thee, that if thou mayest believe, thou shalt see the glory of God?'तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
41 They took away, therefore, the stone where the dead was laid, and Jesus lifted his eyes upwards, and said, `Father, I thank Thee, that Thou didst hear me;तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
42 and I knew that Thou always dost hear me, but, because of the multitude that is standing by, I said `it', that they may believe that Thou didst send me.'म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
43 And these things saying, with a loud voice he cried out, `Lazarus, come forth;'येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
44 and he who died came forth, being bound feet and hands with grave-clothes, and his visage with a napkin was bound about; Jesus saith to them, `Loose him, and suffer to go.'मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
45 Many, therefore, of the Jews who came unto Mary, and beheld what Jesus did, believed in him;मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
46 but certain of them went away unto the Pharisees, and told them what Jesus did;तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
47 the chief priests, therefore, and the Pharisees, gathered together a sanhedrim, and said, `What may we do? because this man doth many signs?तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
48 if we may let him alone thus, all will believe in him; and the Romans will come, and will take away both our place and nation.'यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्र्यौ भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
49 and a certain one of them, Caiaphas, being chief priest of that year, said to them, `Ye have not known anything,तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस र्वषको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
50 nor reason that it is good for us that one man may die for the people, and not the whole nation perish.'सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
51 And this he said not of himself, but being chief priest of that year, he did prophesy that Jesus was about to die for the nation,कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस र्वषको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।
52 and not for the nation only, but that also the children of God, who have been scattered abroad, he may gather together into one.तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
53 From that day, therefore, they took counsel together that they may kill him;त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए।
54 Jesus, therefore, was no more freely walking among the Jews, but went away thence to the region nigh the wilderness, to a city called Ephraim, and there he tarried with his disciples.यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
55 And the passover of the Jews was nigh, and many went up to Jerusalem out of the country before the passover, that they might purify themselves;त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यसरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैलाई शुद्ध पार्नलाई।
56 they were seeking, therefore, Jesus, and said one with another, standing in the temple, `What doth appear to you -- that he may not come to the feast?'मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
57 and both the chief priests and the Pharisees had given a command, that if any one may know where he is, he may shew `it', so that they may seize him.तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
Nepali Bible