Bible

John 10 - ASV (Nepali)

1 Verily, verily, I say unto you, He that entereth not by the door into the fold of the sheep, but climbeth up some other way, the same is a thief and a robber.येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।

2 But he that entereth in by the door is the shepherd of the sheep.तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।

3 To him the porter openeth; and the sheep hear his voice: and he calleth his own sheep by name, and leadeth them out.जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्।

4 When he hath put forth all his own, he goeth before them, and the sheep follow him: for they know his voice.गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।

5 And a stranger will they not follow, but will flee from him: for they know not the voice of strangers.भेडाहरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”

6 This parable spake Jesus unto them: but they understood not what things they were which he spake unto them.यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।

7 Jesus therefore said unto them again, Verily, verily, I say unto you, I am the door of the sheep.येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।

8 All that came before me are thieves and robbers: but the sheep did not hear them.जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।

9 I am the door; by me if any man enter in, he shall be saved, and shall go in and go out, and shall find pasture.म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

10 The thief cometh not, but that he may steal, and kill, and destroy: I came that they may have life, and may have `it' abundantly.एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

11 I am the good shepherd: the good shepherd layeth down his life for the sheep.“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।

12 He that is a hireling, and not a shepherd, whose own the sheep are not, beholdeth the wolf coming, and leaveth the sheep, and fleeth, and the wolf snatcheth them, and scattereth `them':पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।

13 `he fleeth' because he is a hireling, and careth not for the sheep.किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखरेख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रंहदैन।

14 I am the good shepherd; and I know mine own, and mine own know me,“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

15 even as the Father knoweth me, and I know the Father; and I lay down my life for the sheep. अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।

16 And other sheep I have, which are not of this fold: them also I must bring, and they shall hear my voice: and they shall become one flock, one shepherd.मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।

17 Therefore doth the Father love me, because I lay down my life, that I may take it again.मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।

18 No one taketh it away from me, but I lay it down of myself. I have power to lay it down, and I have power to take it again. This commandment received I from my Father.मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

19 There arose a division again among the Jews because of these words.फेरि यहूदीहरूको आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो।

20 And many of them said, He hath a demon, and is mad; why hear ye him?धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”

21 Others said, These are not the sayings of one possessed with a demon. Can a demon open the eyes of the blind?तर अन्य यहूदीहरूले भने, “भुतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भुतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अहँ!”येशूको विरुद्ध यहूदीहरू

22 And it was the feast of the dedication at Jerusalem:यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाडपनि आयो।

23 it was winter; and Jesus was walking in the temple in Solomon's porch.येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।

24 The Jews therefore came round about him, and said unto him, How long dost thou hold us in suspense? If thou art the Christ, tell us plainly.यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”

25 Jesus answered them, I told you, and ye believe not: the works that I do in my Father's name, these bear witness of me.येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।

26 But ye believe not, because ye are not of my sheep.तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।

27 My sheep hear my voice, and I know them, and they follow me:मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

28 and I give unto them eternal life; and they shall never perish, and no one shall snatch them out of my hand.म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

29 My Father, who hath given `them' unto me, is greater than all; and no one is able to snatch `them' out of the Father's hand.मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।

30 I and the Father are one.पिता र म एकै हौं।”

31 The Jews took up stones again to stone him.फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।

32 Jesus answered them, Many good works have I showed you from the Father; for which of those works do ye stone me?तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”

33 The Jews answered him, For a good work we stone thee not, but for blasphemy; and because that thou, being a man, makest thyself God.यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”

34 Jesus answered them, Is it not written in your law, I said, ye are gods?येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।

35 If he called them gods, unto whom the word of God came (and the scripture cannot be broken),यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।

36 say ye of him, whom the Father sanctified and sent into the world, Thou blasphemest; because I said, I am `the' Son of God?यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।

37 If I do not the works of my Father, believe me not.यदि मैले मेरा पिताको कामहरू र्गदिन भने मलाई विश्वास नगर।

38 But if I do them, though ye believe not me, believe the works: that ye may know and understand that the Father is in me, and I in the Father.तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”

39 They sought again to take him: and he went forth out of their hand.यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।

40 And he went away again beyond the Jordan into the place where John was at the first baptizing; and there be abode.त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।

41 And many came unto him; and they said, John indeed did no sign: but all things whatsoever John spake of this man were true.येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”

42 And many believed on him there.अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।

Nepali Bible