Bible

Joel 3 - ASV (Nepali)

1 For, behold, in those days, and in that time, when I shall bring back the captivity of Judah and Jerusalem,“हो, ती दिनहरुमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरुलाई फर्काएर ल्याउनेछु।

2 I will gather all nations, and will bring them down into the valley of Jehoshaphat; and I will execute judgment upon them there for my people and for my heritage Israel, whom they have scattered among the nations: and they have parted my land,म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।

3 and have cast lots for my people, and have given a boy for a harlot, and sold a girl for wine, that they may drink.तिनीहरुलेमेरो मानिसहरुको निम्ति चिट्ठा हाले। तिनीहरुले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।

4 Yea, and what are ye to me, O Tyre, and Sidon, and all the regions of Philistia? will ye render me a recompense? and if ye recompense me, swiftly and speedily will I return your recompense upon your own head.“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छतिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।

5 Forasmuch as ye have taken my silver and my gold, and have carried into your temples my goodly precious things,तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरोबहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।

6 and have sold the children of Judah and the children of Jerusalem unto the sons of the Grecians, that ye may remove them far from their border;“तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।

7 behold, I will stir them up out of the place whither ye have sold them, and will return your recompense upon your own head;तिमीहरुले मेरा मानिसहरुलाई तिनीहरुका देशबाट टाढा पठायौ। तर म तिनीहरुलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरुले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।

8 and I will sell your sons and your daughters into the hand of the children of Judah, and they shall sell them to the men of Sheba, to a nation far off: for Jehovah hath spoken it.म तिमीहरुका छोरा-छोरीहरुलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरुले फेरि तिनीहरुलाई एउटा टाढा देशमा बस्ने शबाहरुको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।

9 Proclaim ye this among the nations; prepare war; stir up the mighty men; let all the men of war draw near, let them come up.जाति-जातिहरुलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरुलाई बोलाउ, सम्पूर्ण योद्धाहरुलाई भेलागर। उनीहरुलाई जगाऊ!

10 Beat your plowshares into swords, and your pruning-hooks into spears: let the weak say, I am strong.तिनीहरुको हलोको फालीहरु पिटेर तलबार बनाऊ। हँसियाहरुबाट तिमीहरुका भाला बनाऊ। त्यो कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”

11 Haste ye, and come, all ye nations round about, and gather yourselves together: thither cause thy mighty ones to come down, O Jehovah.हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।

12 Let the nations bestir themselves, and come up to the valley of Jehoshaphat; for there will I sit to judge all the nations round about.हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।

13 Put ye in the sickle; for the harvest is ripe: come, tread ye; for the winepress is full, the vats overflow; for their wickedness is great.तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।

14 Multitudes, multitudes in the valley of decision! for the day of Jehovah is near in the valley of decision.निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।

15 The sun and the moon are darkened, and the stars withdraw their shining.सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।

16 And Jehovah will roar from Zion, and utter his voice from Jerusalem; and the heavens and the earth shall shake: but Jehovah will be a refuge unto his people, and a stronghold to the children of Israel.परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।

17 So shall ye know that I am Jehovah your God, dwelling in Zion my holy mountain: then shall Jerusalem be holy, and there shall no strangers pass through her any more.“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”

18 And it shall come to pass in that day, that the mountains shall drop down sweet wine, and the hills shall flow with milk, and all the brooks of Judah shall flow with waters; and a fountain shall come forth from the house of Jehovah, and shall water the valley of Shittim.“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।

19 Egypt shall be a desolation, and Edom shall be a desolate wilderness, for the violence done to the children of Judah, because they have shed innocent blood in their land.मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोषमानिसको हत्या गरेका छन्।

20 But Judah shall abide for ever, and Jerusalem from generation to generation.यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।

21 And I will cleanse their blood, that I have not cleansed: for Jehovah dwelleth in Zion.तिनीहरुले मेरो मानिसहरुको हत्या गरे। यसकारण म उनीहरुलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ। 

Nepali Bible