Bible

Job 40 - WEB (Nepali)

1 Moreover Yahweh answered Job,परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

2 "Shall he who argues contend with the Almighty? He who argues with God, let him answer it."“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

3 Then Job answered Yahweh,तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

4 "Behold, I am of small account. What shall I answer you? I lay my hand on my mouth.“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

5 I have spoken once, and I will not answer; Yes, twice, but I will proceed no further."मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

6 Then Yahweh answered Job out of the whirlwind,तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः

7 "Now brace yourself like a man. I will question you, and you will answer me.“अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

8 Will you even annul my judgment? Will you condemn me, that you may be justified?अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

9 Or have you an arm like God? Can you thunder with a voice like him?के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

10 "Now deck yourself with excellency and dignity. Array yourself with honor and majesty.यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।

11 Pour forth the fury of your anger. Look on everyone who is proud, and bring him low.यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

12 Look on everyone who is proud, and humble him. Crush the wicked in their place.हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।

13 Hide them in the dust together. Bind their faces in the hidden place.सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।

14 Then I will also admit to you That your own right hand can save you.अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

15 "See now, behemoth, which I made as well as you. He eats grass as an ox.अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

16 Look now, his strength is in his loins, His force is in the muscles of his belly.जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।

17 He moves his tail like a cedar: The sinews of his thighs are knit together.जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।

18 His bones are like tubes of brass. His limbs are like bars of iron.जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।

19 He is the chief of the ways of God. He who made him gives him his sword.जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु।

20 Surely the mountains bring him forth food, Where all the animals of the field do play.जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।

21 He lies under the lotus trees, In the covert of the reed, and the marsh.जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।

22 The lotuses cover him with their shade. The willows of the brook surround him.कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।

23 Behold, if a river overflows, he doesn't tremble. He is confident, though the Jordan swells even to his mouth.यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।

24 Shall any take him when he is on the watch, Or pierce through his nose with a snare?कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।

Nepali Bible