Bible

Job 4 - BBE (Nepali)

1 And Eliphaz the Temanite made answer and said,तब तेमानीका एलीपज बोले।

2 If one says a word, will it be a weariness to you? but who is able to keep from saying what is in his mind?“यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।

3 Truly, you have been a helper to others, and you have made feeble hands strong;अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।

4 He who was near to falling has been lifted up by your words, and you have given strength to bent knees.तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।

5 But now it has come on you and it is a weariness to you; you are touched by it and your mind is troubled.तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ।

6 Is not your fear of God your support, and your upright way of life your hope?तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।

7 Have you ever seen destruction come to an upright man? or when were the god-fearing ever cut off?अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।

8 What I have seen is that those by whom trouble has been ploughed, and evil planted, get the same for themselves.मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

9 By the breath of God destruction takes them, and by the wind of his wrath they are cut off.परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।

10 Though the noise of the lion and the sounding of his voice, may be loud, the teeth of the young lions are broken.दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।

11 The old lion comes to his end for need of food, and the young of the she-lion go wandering in all directions.हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्। तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।

12 A word was given to me secretly, and the low sound of it came to my ears.गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।

13 In troubled thoughts from visions of the night, when deep sleep comes on men,मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,

14 Fear came on me and shaking, and my bones were full of trouble;म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।

15 And a breath was moving over my face; the hair of my flesh became stiff:एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए।

16 Something was present before me, but I was not able to see it clearly; there was a form before my eyes: a quiet voice came to my ears, saying:त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें:

17 May a man be upright before God? or a man be clean before his Maker?एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।

18 Truly, he puts no faith in his servants, and he sees error in his angels;हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।

19 How much more those living in houses of earth, whose bases are in the dust! They are crushed more quickly than an insect;यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

20 Between morning and evening they are completely broken; they come to an end for ever, and no one takes note.मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।

21 If their tent-cord is pulled up, do they not come to an end, and without wisdom?यदि तिनीहरूको पालको डोरी तानियो भने मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’

Nepali Bible