Bible

Job 28 - WEB (Nepali)

1 "Surely there is a mine for silver, And a place for gold which they refine.“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।

2 Iron is taken out of the earth, And copper is smelted out of the ore.मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।

3 Man sets an end to darkness, And searches out, to the furthest bound, The stones of obscurity and of thick darkness.कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!

4 He breaks open a shaft away from where people live. They are forgotten by the foot. They hang far from men, they swing back and forth.मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।

5 As for the earth, out of it comes bread; Underneath it is turned up as it were by fire.जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।

6 Sapphires come from its rocks. It has dust of gold.जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।

7 That path no bird of prey knows, Neither has the falcon's eye seen it.जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।

8 The proud animals have not trodden it, Nor has the fierce lion passed by there.जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।

9 He puts forth his hand on the flinty rock, And he overturns the mountains by the roots.कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।

10 He cuts out channels among the rocks. His eye sees every precious thing.कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।

11 He binds the streams that they don't trickle; The thing that is hidden he brings forth to light.कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।

12 "But where shall wisdom be found? Where is the place of understanding?तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?

13 Man doesn't know its price; Neither is it found in the land of the living.हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।

14 The deep says, 'It isn't in me.' The sea says, 'It isn't with me.'महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’

15 It can't be gotten for gold, Neither shall silver be weighed for its price.तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।

16 It can't be valued with the gold of Ophir, With the precious onyx, or the sapphire{or, lapis lazuli}.तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।

17 Gold and glass can't equal it, Neither shall it be exchanged for jewels of fine gold.ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।

18 No mention shall be made of coral or of crystal: Yes, the price of wisdom is above rubies.ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।

19 The topaz of Ethiopia shall not equal it, Neither shall it be valued with pure gold.कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।

20 Whence then comes wisdom? Where is the place of understanding?यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?

21 Seeing it is hidden from the eyes of all living, And kept close from the birds of the sky.ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।

22 Destruction and Death say, 'We have heard a rumor of it with our ears.'मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।

23 "God understands its way, And he knows its place.केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।

24 For he looks to the ends of the earth, And sees under the whole sky.परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।

25 He establishes the force of the wind; Yes, he measures out the waters by measure.परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।

26 When he made a decree for the rain, And a way for the lightning of the thunder;पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।

27 Then did he see it, and declare it. He established it, yes, and searched it out.त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।”

28 To man he said, 'Behold, the fear of the Lord, that is wisdom. To depart from evil is understanding.'"अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”

Nepali Bible