Bible

Job 24 - BBE (Nepali)

1 Why are times not stored up by the Ruler of all, and why do those who have knowledge of him not see his days?“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।

2 The landmarks are changed by evil men, they violently take away flocks, together with their keepers.“मानिसहरूले आफ्नो जमीन बढाउन सीमाना सार्छन् अनि अर्काको बगाल चोरेर टाढा र्खकमा चराउँछन्।

3 They send away the ass of him who has no father, they take the widow's ox for debt.तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।

4 The crushed are turned out of the way; all the poor of the earth go into a secret place together.तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।

5 Like asses in the waste land they go out to their work, looking for food with care; from the waste land they get bread for their children.गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।

6 They get mixed grain from the field, and they take away the late fruit from the vines of those who have wealth.गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।

7 They take their rest at night without clothing, and have no cover in the cold.गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिंन तिनीहरूसित केही हुँदैन्।

8 They are wet with the rain of the mountains, and get into the cracks of the rock for cover.तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीन कुनै उपाए छैन।

9 The child without a father is forced from its mother's breast, and they take the young children of the poor for debt.खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।

10 Others go about without clothing, and though they have no food, they get in the grain from the fields.गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सँधै भोको हुन्छन्।

11 Between the lines of olive-trees they make oil; though they have no drink, they are crushing out the grapes.गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन

12 From the town come sounds of pain from those who are near death, and the soul of the wounded is crying out for help; but God does not take note of their prayer.शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।

13 Then there are those who are haters of the light, who have no knowledge of its ways, and do not go in them.कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।

14 He who is purposing death gets up before day, so that he may put to death the poor and those in need.हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

15 And the man whose desire is for the wife of another is waiting for the evening, saying, No eye will see me; and he puts a cover on his face. And in the night the thief goes about;एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।

16 In the dark he makes holes in the walls of houses: in the daytime they are shutting themselves up, they have no knowledge of the light.जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।

17 For the middle of the night is as morning to them, they are not troubled by the fear of the dark.ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।

18 They go quickly on the face of the waters; their heritage is cursed in the earth; the steps of the crusher of grapes are not turned to their vine-garden.तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।

19 Snow waters become dry with the heat: so do sinners go down into the underworld.हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।

20 The public place of his town has no more knowledge of him, and his name has gone from the memory of men: he is rooted up like a dead tree.त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।

21 He is not kind to the widow, and he has no pity for her child.दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।

22 But God by his power gives long life to the strong; he gets up again, though he has no hope of life.दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।

23 He takes away his fear of danger and gives him support; and his eyes are on his ways.दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।

24 For a short time they are lifted up; then they are gone; they are made low, they are pulled off like fruit, and like the heads of grain they are cut off.नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्।

25 And if it is not so, now, who will make it clear that my words are false, and that what I say is of no value?म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

Nepali Bible