Job 23 - BBE (Nepali)
1 And Job made answer and said,तब अय्यूबले जवाफ दिएः
2 Even today my outcry is bitter; his hand is hard on my sorrow.“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
3 If only I had knowledge of where he might be seen, so that I might come even to his seat!म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
4 I would put my cause in order before him, and my mouth would be full of arguments.अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
5 I would see what his answers would be, and have knowledge of what he would say to me.अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
6 Would he make use of his great power to overcome me? No, but he would give attention to me.के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
7 There an upright man might put his cause before him; and I would be free for ever from my judge.उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
8 See, I go forward, but he is not there; and back, but I do not see him;यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
9 I am looking for him on the left hand, but there is no sign of him; and turning to the right, I am not able to see him.अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
10 For he has knowledge of the way I take; after I have been tested I will come out like gold.तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
11 My feet have gone in his steps; I have kept in his way, without turning to one side or to the other.परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
12 I have never gone against the orders of his lips; the words of his mouth have been stored up in my heart.मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
13 But his purpose is fixed and there is no changing it; and he gives effect to the desire of his soul.तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
14 For what has been ordered for me by him will be gone through to the end: and his mind is full of such designs.परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
15 For this cause I am in fear before him, my thoughts of him overcome me.यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
16 For God has made my heart feeble, and my mind is troubled before the Ruler of all.परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
17 For I am overcome by the dark, and by the black night which is covering my face.अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
Nepali Bible