Bible

Job 21 - YLT (Nepali)

1 And Job answereth and saith: --तब अय्यूबले जवाफ दिएः

2 Hear ye diligently my word, And this is your consolation.“म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।

3 Bear with me, and I speak, And after my speaking -- ye may deride.जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।

4 I -- to man `is' my complaint? and if `so', wherefore May not my temper become short?म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।

5 Turn unto me, and be astonished, And put hand to mouth.म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।

6 Yea, if I have remembered, then I have been troubled. And my flesh hath taken fright.जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।

7 Wherefore do the wicked live? They have become old, Yea, they have been mighty in wealth.किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?

8 Their seed is established, Before their face with them, And their offspring before their eyes.दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।

9 Their houses `are' peace without fear, Nor `is' a rod of God upon them.तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।

10 His bullock hath eaten corn, and doth not loath. His cow bringeth forth safely, And doth not miscarry.तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।

11 They send forth as a flock their sucklings, And their children skip,दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

12 They lift `themselves' up at timbrel and harp, And rejoice at the sound of an organ.तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।

13 They wear out in good their days, And in a moment `to' Sheol go down.दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।

14 And they say to God, `Turn aside from us, And the knowledge of Thy ways We have not desired.तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

15 What `is' the Mighty One that we serve Him? And what do we profit when we meet with Him?'अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’

16 Lo, not in their hand `is' their good, (The counsel of the wicked Hath been far from me.)यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।

17 How oft is the lamp of the wicked extinguished, And come on them doth their calamity? Pangs He apportioneth in His anger.तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?

18 They are as straw before wind, And as chaff a hurricane hath stolen away,हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।

19 God layeth up for his sons his sorrow, He giveth recompense unto him -- and he knoweth.तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।

20 His own eyes see his destruction, And of the wrath of the Mighty he drinketh.दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।

21 For what `is' his delight in his house after him, And the number of his months cut off?जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।

22 To God doth `one' teach knowledge, And He the high doth judge?कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।

23 This `one' dieth in his perfect strength, Wholly at ease and quiet.एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।

24 His breasts have been full of milk, And marrow his bones doth moisten.उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।

25 And this `one' dieth with a bitter soul, And have not eaten with gladness.तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।

26 Together -- on the dust they lie down, And the worm doth cover them over.अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।

27 Lo, I have known your thoughts, And the devices against me ye do wrongfully.तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।

28 For ye say, `Where `is' the house of the noble? And where the tent -- The tabernacles of the wicked?'तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।

29 Have ye not asked those passing by the way? And their signs do ye not know?तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।

30 That to a day of calamity is the wicked spared. To a day of wrath they are brought.जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।

31 Who doth declare to his face his way? And `for' that which he hath done, Who doth give recompence to him?कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।

32 And he -- to the graves he is brought. And over the heap a watch is kept.जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ।

33 Sweet to him have been the clods of the valley, And after him every man he draweth, And before him there is no numbering.यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।

34 And how do ye comfort me `with' vanity, And in your answers hath been left trespass?त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”

Nepali Bible