Bible

Job 21 - BBE (Nepali)

1 Then Job made answer and said,तब अय्यूबले जवाफ दिएः

2 Give attention with care to my words; and let this be your comfort.“म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।

3 Let me say what is in my mind, and after that, go on making sport of me.जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।

4 As for me, is my outcry against man? is it then to be wondered at if my spirit is troubled?म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।

5 Take note of me and be full of wonder, put your hand on your mouth.म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।

6 At the very thought of it my flesh is shaking with fear.जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।

7 Why is life given to the evil-doers? why do they become old and strong in power?किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?

8 Their children are ever with them, and their offspring before their eyes.दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।

9 Their houses are free from fear, and the rod of God does not come on them.तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।

10 Their ox is ready at all times to give seed; their cow gives birth, without dropping her young.तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।

11 They send out their young ones like a flock, and their children have pleasure in the dance,दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

12 They make songs to the instruments of music, and are glad at the sound of the pipe.तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।

13 Their days come to an end without trouble, and suddenly they go down to the underworld.दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।

14 Though they said to God, Go away from us, for we have no desire for the knowledge of your ways.तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

15 What is the Ruler of all, that we may give him worship? and what profit is it to us to make prayer to him?अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’

16 Truly, is not their well-being in their power? (The purpose of the evil-doers is far from me.)यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।

17 How frequently is the light of the evil-doers put out, or does trouble come on them? how frequently does his wrath take them with cords?तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?

18 How frequently are they as dry stems before the wind, or as grass taken away by the storm-wind?हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।

19 You say, God keeps punishment stored up for his children. Let him send it on the man himself, so that he may have the punishment of it!तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।

20 Let his eyes see his trouble, and let him be full of the wrath of the Ruler of all!दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।

21 For what interest has he in his house after him, when the number of his months is ended?जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।

22 Is anyone able to give teaching to God? for he is the judge of those who are on high.कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।

23 One comes to his end in complete well-being, full of peace and quiet:एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।

24 His buckets are full of milk, and there is no loss of strength in his bones.उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।

25 And another comes to his end with a bitter soul, without ever tasting good.तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।

26 Together they go down to the dust, and are covered by the worm.अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।

27 See, I am conscious of your thoughts, and of your violent purposes against me;तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।

28 For you say, Where is the house of the ruler, and where is the tent of the evil-doer?तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।

29 Have you not put the question to the travellers, and do you not take note of their experience?तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।

30 How the evil man goes free in the day of trouble, and has salvation in the day of wrath?जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।

31 Who will make his way clear to his face? and if he has done a thing, who gives him punishment for it?कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।

32 He is taken to his last resting-place, and keeps watch over it.जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ।

33 The earth of the valley covering his bones is sweet to him, and all men come after him, as there were unnumbered before him.यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।

34 Why then do you give me comfort with words in which there is no profit, when you see that there is nothing in your answers but deceit?त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”

Nepali Bible