Job 20
1 तब नमाबाट आएका सोपरले जवाफ दिएः
2 “मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन् तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।
3 तिम्रो जवाफले हामीलाई अपमान गर्यो! तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।
4 तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन। त्यो पहिल्यै देखिको सत्य थियो।
5 आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
6 हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला, अनि उसको शिरले बादलहरूलाई छोला।
7 तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’
8 उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन। नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।
9 मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।
10 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए। त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ।
11 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।
12 दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ, यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ।
13 दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन। त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ।
14 तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।
15 दुष्ट मानिसले धनीहरूलाई निल्छ। तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ। परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।
16 दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ।
17 तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि आनन्द उपभोग गर्नेछैन।
18 दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।
19 किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।
20 दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन। उसको धनले उसको रक्षा गर्न सक्तैन।
21 जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन। उसले सफलता पाउने छैन।
22 जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ। उसको समस्याहरू उमाथि नै खनिन्छ।
23 जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ।
24 हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।
25 त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ, अनि उसको ढाँडबाट त्यो निस्कने छ। यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ, अनि ऊ त्रासले मुर्छा पर्नेछ।
26 उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ।
27 दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ। पृथ्वी स्वंय त्यसको विरूद्ध उठ्नेछ।
28 उसको घरमा भएको सम्पूर्ण सामानहरू परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।
29 हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ। त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”
1 Then answered Zophar the Naamathite, and said,
2 Therefore do my thoughts cause me to answer, and for this I make haste.
3 I have heard the check of my reproach, and the spirit of my understanding causeth me to answer.
4 Knowest thou not this of old, since man was placed upon earth,
5 That the triumphing of the wicked is short, and the joy of the hypocrite but for a moment?
6 Though his excellency mount up to the heavens, and his head reach unto the clouds;
7 Yet he shall perish for ever like his own dung: they which have seen him shall say, Where is he?
8 He shall fly away as a dream, and shall not be found: yea, he shall be chased away as a vision of the night.
9 The eye also which saw him shall see him no more; neither shall his place any more behold him.
10 His children shall seek to please the poor, and his hands shall restore their goods.
11 His bones are full of the sin of his youth, which shall lie down with him in the dust.
12 Though wickedness be sweet in his mouth, though he hide it under his tongue;
13 Though he spare it, and forsake it not; but keep it still within his mouth:
14 Yet his meat in his bowels is turned, it is the gall of asps within him.
15 He hath swallowed down riches, and he shall vomit them up again: God shall cast them out of his belly.
16 He shall suck the poison of asps: the viper’s tongue shall slay him.
17 He shall not see the rivers, the floods, the brooks of honey and butter.
18 That which he laboured for shall he restore, and shall not swallow it down: according to his substance shall the restitution be, and he shall not rejoice therein.
19 Because he hath oppressed and hath forsaken the poor; because he hath violently taken away an house which he builded not;
20 Surely he shall not feel quietness in his belly, he shall not save of that which he desired.
21 There shall none of his meat be left; therefore shall no man look for his goods.
22 In the fulness of his sufficiency he shall be in straits: every hand of the wicked shall come upon him.
23 When he is about to fill his belly, God shall cast the fury of his wrath upon him, and shall rain it upon him while he is eating.
24 He shall flee from the iron weapon, and the bow of steel shall strike him through.
25 It is drawn, and cometh out of the body; yea, the glittering sword cometh out of his gall: terrors are upon him.
26 All darkness shall be hid in his secret places: a fire not blown shall consume him; it shall go ill with him that is left in his tabernacle.
27 The heaven shall reveal his iniquity; and the earth shall rise up against him.
28 The increase of his house shall depart, and his goods shall flow away in the day of his wrath.
29 This is the portion of a wicked man from God, and the heritage appointed unto him by God.
Job 41 in Tamil and English
1 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
Canst thou draw out leviathan with an hook? or his tongue with a cord which thou lettest down?
2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
Canst thou put an hook into his nose? or bore his jaw through with a thorn?
3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
Will he make many supplications unto thee? will he speak soft words unto thee?
4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
Will he make a covenant with thee? wilt thou take him for a servant for ever?
5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
Wilt thou play with him as with a bird? or wilt thou bind him for thy maidens?
6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
Shall the companions make a banquet of him? shall they part him among the merchants?
7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
Canst thou fill his skin with barbed irons? or his head with fish spears?
8 अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
Lay thine hand upon him, remember the battle, do no more.
9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
Behold, the hope of him is in vain: shall not one be cast down even at the sight of him?
10 कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
None is so fierce that dare stir him up: who then is able to stand before me?
11 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
Who hath prevented me, that I should repay him? whatsoever is under the whole heaven is mine.
12 अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
I will not conceal his parts, nor his power, nor his comely proportion.
13 कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
Who can discover the face of his garment? or who can come to him with his double bridle?
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
Who can open the doors of his face? his teeth are terrible round about.
15 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
His scales are his pride, shut up together as with a close seal.
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
One is so near to another, that no air can come between them.
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
They are joined one to another, they stick together, that they cannot be sundered.
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
By his neesings a light doth shine, and his eyes are like the eyelids of the morning.
19 आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
Out of his mouth go burning lamps, and sparks of fire leap out.
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
Out of his nostrils goeth smoke, as out of a seething pot or caldron.
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
His breath kindleth coals, and a flame goeth out of his mouth.
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
In his neck remaineth strength, and sorrow is turned into joy before him.
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
The flakes of his flesh are joined together: they are firm in themselves; they cannot be moved.
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
His heart is as firm as a stone; yea, as hard as a piece of the nether millstone.
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
When he raiseth up himself, the mighty are afraid: by reason of breakings they purify themselves.
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
The sword of him that layeth at him cannot hold: the spear, the dart, nor the habergeon.
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
He esteemeth iron as straw, and brass as rotten wood.
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
The arrow cannot make him flee: slingstones are turned with him into stubble.
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
Darts are counted as stubble: he laugheth at the shaking of a spear.
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
Sharp stones are under him: he spreadeth sharp pointed things upon the mire.
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
He maketh the deep to boil like a pot: he maketh the sea like a pot of ointment.
32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
He maketh a path to shine after him; one would think the deep to be hoary.
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
Upon earth there is not his like, who is made without fear.
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
He beholdeth all high things: he is a king over all the children of pride.