Job 15
1 त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः
2 “अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?
3 के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।
4 अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।
5 जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।
6 म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।
7 अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?
8 के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?
9 अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ
10 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।
11 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।
12 अय्यूब, तिमी किन बुझ्दैनौ? किन हामी सत्य देख्दैनौ?
13 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।
14 मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
15 परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
16 मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।
17 मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु।
18 म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्।
19 तिनीहरू मात्र आफ्ना देशमा बस्थे। त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।
20 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
21 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।
22 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।
23 रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
24 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।
25 किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
26 त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।
27 उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।
28 तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।
29 दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।
30 ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।
31 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन।
32 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
33 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ। त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।
34 किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।
35 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”
1 Then answered Eliphaz the Temanite, and said,
2 Should a wise man utter vain knowledge, and fill his belly with the east wind?
3 Should he reason with unprofitable talk? or with speeches wherewith he can do no good?
4 Yea, thou castest off fear, and restrainest prayer before God.
5 For thy mouth uttereth thine iniquity, and thou choosest the tongue of the crafty.
6 Thine own mouth condemneth thee, and not I: yea, thine own lips testify against thee.
7 Art thou the first man that was born? or wast thou made before the hills?
8 Hast thou heard the secret of God? and dost thou restrain wisdom to thyself?
9 What knowest thou, that we know not? what understandest thou, which is not in us?
10 With us are both the grayheaded and very aged men, much elder than thy father.
11 Are the consolations of God small with thee? is there any secret thing with thee?
12 Why doth thine heart carry thee away? and what do thy eyes wink at,
13 That thou turnest thy spirit against God, and lettest such words go out of thy mouth?
14 What is man, that he should be clean? and he which is born of a woman, that he should be righteous?
15 Behold, he putteth no trust in his saints; yea, the heavens are not clean in his sight.
16 How much more abominable and filthy is man, which drinketh iniquity like water?
17 I will shew thee, hear me; and that which I have seen I will declare;
18 Which wise men have told from their fathers, and have not hid it:
19 Unto whom alone the earth was given, and no stranger passed among them.
20 The wicked man travaileth with pain all his days, and the number of years is hidden to the oppressor.
21 A dreadful sound is in his ears: in prosperity the destroyer shall come upon him.
22 He believeth not that he shall return out of darkness, and he is waited for of the sword.
23 He wandereth abroad for bread, saying, Where is it? he knoweth that the day of darkness is ready at his hand.
24 Trouble and anguish shall make him afraid; they shall prevail against him, as a king ready to the battle.
25 For he stretcheth out his hand against God, and strengtheneth himself against the Almighty.
26 He runneth upon him, even on his neck, upon the thick bosses of his bucklers:
27 Because he covereth his face with his fatness, and maketh collops of fat on his flanks.
28 And he dwelleth in desolate cities, and in houses which no man inhabiteth, which are ready to become heaps.
29 He shall not be rich, neither shall his substance continue, neither shall he prolong the perfection thereof upon the earth.
30 He shall not depart out of darkness; the flame shall dry up his branches, and by the breath of his mouth shall he go away.
31 Let not him that is deceived trust in vanity: for vanity shall be his recompence.
32 It shall be accomplished before his time, and his branch shall not be green.
33 He shall shake off his unripe grape as the vine, and shall cast off his flower as the olive.
34 For the congregation of hypocrites shall be desolate, and fire shall consume the tabernacles of bribery.
35 They conceive mischief, and bring forth vanity, and their belly prepareth deceit.
Job 41 in Tamil and English
1 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
Canst thou draw out leviathan with an hook? or his tongue with a cord which thou lettest down?
2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
Canst thou put an hook into his nose? or bore his jaw through with a thorn?
3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
Will he make many supplications unto thee? will he speak soft words unto thee?
4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
Will he make a covenant with thee? wilt thou take him for a servant for ever?
5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
Wilt thou play with him as with a bird? or wilt thou bind him for thy maidens?
6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
Shall the companions make a banquet of him? shall they part him among the merchants?
7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
Canst thou fill his skin with barbed irons? or his head with fish spears?
8 अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
Lay thine hand upon him, remember the battle, do no more.
9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
Behold, the hope of him is in vain: shall not one be cast down even at the sight of him?
10 कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
None is so fierce that dare stir him up: who then is able to stand before me?
11 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
Who hath prevented me, that I should repay him? whatsoever is under the whole heaven is mine.
12 अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
I will not conceal his parts, nor his power, nor his comely proportion.
13 कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
Who can discover the face of his garment? or who can come to him with his double bridle?
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
Who can open the doors of his face? his teeth are terrible round about.
15 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
His scales are his pride, shut up together as with a close seal.
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
One is so near to another, that no air can come between them.
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
They are joined one to another, they stick together, that they cannot be sundered.
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
By his neesings a light doth shine, and his eyes are like the eyelids of the morning.
19 आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
Out of his mouth go burning lamps, and sparks of fire leap out.
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
Out of his nostrils goeth smoke, as out of a seething pot or caldron.
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
His breath kindleth coals, and a flame goeth out of his mouth.
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
In his neck remaineth strength, and sorrow is turned into joy before him.
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
The flakes of his flesh are joined together: they are firm in themselves; they cannot be moved.
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
His heart is as firm as a stone; yea, as hard as a piece of the nether millstone.
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
When he raiseth up himself, the mighty are afraid: by reason of breakings they purify themselves.
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
The sword of him that layeth at him cannot hold: the spear, the dart, nor the habergeon.
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
He esteemeth iron as straw, and brass as rotten wood.
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
The arrow cannot make him flee: slingstones are turned with him into stubble.
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
Darts are counted as stubble: he laugheth at the shaking of a spear.
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
Sharp stones are under him: he spreadeth sharp pointed things upon the mire.
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
He maketh the deep to boil like a pot: he maketh the sea like a pot of ointment.
32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
He maketh a path to shine after him; one would think the deep to be hoary.
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
Upon earth there is not his like, who is made without fear.
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
He beholdeth all high things: he is a king over all the children of pride.