Job 10
1 म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
2 म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ?
3 परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
4 परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्? तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?
5 के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?
6 तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ।
7 म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
8 परमेश्वर, तपाईंको हातले मलाई बनाउनु भयो अनि मेरो शरीरको आकार बनाउनु भयो। के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?
9 परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
10 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो र कसैले पनीर बनाए जस्तै निचोर्नु भयो।
11 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो। अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।
12 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो। तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।
13 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ?म जान्दछु।
14 यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।
15 जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।
16 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।
17 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।
18 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
19 म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो। आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।
20 मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्।
21 जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
22 अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।
1 My soul is weary of my life; I will leave my complaint upon myself; I will speak in the bitterness of my soul.
2 I will say unto God, Do not condemn me; shew me wherefore thou contendest with me.
3 Is it good unto thee that thou shouldest oppress, that thou shouldest despise the work of thine hands, and shine upon the counsel of the wicked?
4 Hast thou eyes of flesh? or seest thou as man seeth?
5 Are thy days as the days of man? are thy years as man’s days,
6 That thou inquirest after mine iniquity, and searchest after my sin?
7 Thou knowest that I am not wicked; and there is none that can deliver out of thine hand.
8 Thine hands have made me and fashioned me together round about; yet thou dost destroy me.
9 Remember, I beseech thee, that thou hast made me as the clay; and wilt thou bring me into dust again?
10 Hast thou not poured me out as milk, and curdled me like cheese?
11 Thou hast clothed me with skin and flesh, and hast fenced me with bones and sinews.
12 Thou hast granted me life and favour, and thy visitation hath preserved my spirit.
13 And these things hast thou hid in thine heart: I know that this is with thee.
14 If I sin, then thou markest me, and thou wilt not acquit me from mine iniquity.
15 If I be wicked, woe unto me; and if I be righteous, yet will I not lift up my head. I am full of confusion; therefore see thou mine affliction;
16 For it increaseth. Thou huntest me as a fierce lion: and again thou shewest thyself marvellous upon me.
17 Thou renewest thy witnesses against me, and increasest thine indignation upon me; changes and war are against me.
18 Wherefore then hast thou brought me forth out of the womb? Oh that I had given up the ghost, and no eye had seen me!
19 I should have been as though I had not been; I should have been carried from the womb to the grave.
20 Are not my days few? cease then, and let me alone, that I may take comfort a little,
21 Before I go whence I shall not return, even to the land of darkness and the shadow of death;
22 A land of darkness, as darkness itself; and of the shadow of death, without any order, and where the light is as darkness.
Job 41 in Tamil and English
1 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
Canst thou draw out leviathan with an hook? or his tongue with a cord which thou lettest down?
2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
Canst thou put an hook into his nose? or bore his jaw through with a thorn?
3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
Will he make many supplications unto thee? will he speak soft words unto thee?
4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
Will he make a covenant with thee? wilt thou take him for a servant for ever?
5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
Wilt thou play with him as with a bird? or wilt thou bind him for thy maidens?
6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
Shall the companions make a banquet of him? shall they part him among the merchants?
7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
Canst thou fill his skin with barbed irons? or his head with fish spears?
8 अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
Lay thine hand upon him, remember the battle, do no more.
9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
Behold, the hope of him is in vain: shall not one be cast down even at the sight of him?
10 कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
None is so fierce that dare stir him up: who then is able to stand before me?
11 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
Who hath prevented me, that I should repay him? whatsoever is under the whole heaven is mine.
12 अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
I will not conceal his parts, nor his power, nor his comely proportion.
13 कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
Who can discover the face of his garment? or who can come to him with his double bridle?
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
Who can open the doors of his face? his teeth are terrible round about.
15 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
His scales are his pride, shut up together as with a close seal.
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
One is so near to another, that no air can come between them.
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
They are joined one to another, they stick together, that they cannot be sundered.
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
By his neesings a light doth shine, and his eyes are like the eyelids of the morning.
19 आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
Out of his mouth go burning lamps, and sparks of fire leap out.
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
Out of his nostrils goeth smoke, as out of a seething pot or caldron.
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
His breath kindleth coals, and a flame goeth out of his mouth.
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
In his neck remaineth strength, and sorrow is turned into joy before him.
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
The flakes of his flesh are joined together: they are firm in themselves; they cannot be moved.
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
His heart is as firm as a stone; yea, as hard as a piece of the nether millstone.
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
When he raiseth up himself, the mighty are afraid: by reason of breakings they purify themselves.
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
The sword of him that layeth at him cannot hold: the spear, the dart, nor the habergeon.
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
He esteemeth iron as straw, and brass as rotten wood.
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
The arrow cannot make him flee: slingstones are turned with him into stubble.
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
Darts are counted as stubble: he laugheth at the shaking of a spear.
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
Sharp stones are under him: he spreadeth sharp pointed things upon the mire.
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
He maketh the deep to boil like a pot: he maketh the sea like a pot of ointment.
32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
He maketh a path to shine after him; one would think the deep to be hoary.
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
Upon earth there is not his like, who is made without fear.
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
He beholdeth all high things: he is a king over all the children of pride.