Jeremiah 45:3 ‘परमप्रभुले मेरो पीडा सहित मलाई दुख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिन।’
Jeremiah 45:3 in Other Translations
King James Version (KJV) Thou didst say, Woe is me now! for the LORD hath added grief to my sorrow; I fainted in my sighing, and I find no rest.
American Standard Version (ASV) Thou didst say, Woe is me now! for Jehovah hath added sorrow to my pain; I am weary with my groaning, and I find no rest.
Bible in Basic English (BBE) You said, Sorrow is mine! for the Lord has given me sorrow in addition to my pain; I am tired with the sound of my sorrow, and I get no rest.
Darby English Bible (DBY) Thou didst say, Woe unto me! for Jehovah hath added grief to my sorrow; I am weary with my sighing, and I find no rest.
World English Bible (WEB) You did say, Woe is me now! for Yahweh has added sorrow to my pain; I am weary with my groaning, and I find no rest.
Young's Literal Translation (YLT) `Thou hast said, Wo to me, now, for Jehovah hath added sorrow to my pain, I have been wearied with my sighing, and rest I have not found.
Read Full Chapter :
Jeremiah 45
Cross Reference
2 कोरिन्थी 4:1
परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोडदैनौं।
2 कोरिन्थी 4:16
त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ।
गलाती 6:9
राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं।
यहोशू 7:7
यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौ।
अय्यूब 16:11
परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
अय्यूब 23:2
“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
भजनसंग्रह 6:6
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
भजनसंग्रह 27:13
मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
भजनसंग्रह 42:7
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।
भजनसंग्रह 69:3
तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
भजनसंग्रह 77:3
मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
भजनसंग्रह 120:5
तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
हितोपदेश 24:10
यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
उत्पत्ति 37:34
याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।
यर्मिया 9:1
यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
यर्मिया 15:10
हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
यर्मिया 20:7
हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।
विलाप 1:13
परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।
विलाप 1:22
“मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”
विलाप 3:1
म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।
विलाप 3:32
जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।
2 थिस्सलोनिकी 3:13
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।
हिब्रू 12:3
विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।
यर्मिया 8:18
हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
उत्पत्ति 42:36
याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्याउन चाहन्छौ।”
गन्ती 11:11
मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो?