Jeremiah 35 - BBE (Nepali)
1 The word which came to Jeremiah from the Lord, in the days of Jehoiakim, the son of Josiah, king of Judah, saying,योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो
2 Go into the house of the Rechabites, and have talk with them, and take them into the house of the Lord, into one of the rooms, and give them wine.“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”
3 Then I took Jaazaniah, the son of Jeremiah, the son of Habazziniah, and his brothers and all his sons and all the Rechabites;यसर्थ मैले यर्मियाकोछोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।
4 And I took them into the house of the Lord, into the room of the sons of Hanan, the son of Igdaliah, the man of God, which was near the rulers' room, which was over the room of Maaseiah, the son of Shallum, the keeper of the door;त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।
5 And I put before the sons of the Rechabites basins full of wine and cups, and I said to them, Take some wine.तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई पिउनु भनें।”
6 But they said, We will take no wine: for Jonadab, the son of Rechab our father, gave us orders, saying, You are to take no wine, you or your sons, for ever:तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।
7 And you are to make no houses, or put in seed, or get vine-gardens planted, or have any: but all your days you are to go on living in tents, so that you may have a long life in the land where you are living as in a strange country.उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’
8 And we have kept the rules of Jonadab, the son of Rechab our father, in everything which he gave us orders to do, drinking no wine all our days, we and our wives and our sons and our daughters;रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।
9 Building no houses for ourselves, having no vine-gardens or fields or seed:हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफनै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं।
10 But we have been living in tents, and have done everything which Jonadab our father gave us orders to do.हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।
11 But when Nebuchadrezzar, king of Babylon, came up into the land, we said, Come, let us go to Jerusalem, away from the army of the Chaldaeans and from the army of the Aramaeans: and so we are living in Jerusalem.तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
12 Then the word of the Lord came to Jeremiah, saying,तब परमप्रभुको वचन यर्मियाकहाँ आयो
13 This is what the Lord of armies, the God of Israel, has said: Go and say to the men of Judah and the people of Jerusalem, Is there no hope of teaching you to give ear to my words? says the Lord.सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?”
14 The orders which Jonadab, the son of Rechab, gave to his sons to take no wine, are done, and to this day they take no wine, for they do the orders of their father: but I have sent my words to you, getting up early and sending them, and you have not given ear to me.परमप्रभु भन्नुहुन्छ, “रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ।
15 And I have sent you all my servants the prophets, getting up early and sending them, saying, Come back, now, every man from his evil way, and do better, and go not after other gods to become their servants, and you will go on living in the land which I have given to you and to your fathers: but your ears have not been open, and you have not given attention to me.मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
16 Though the sons of Jonadab the son of Rechab have done the orders of their father which he gave them, this people has not given ear to me:योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।”
17 For this reason the Lord, the God of armies, the God of Israel, has said, See, I will send on Judah and on all the people of Jerusalem all the evil which I said I would do to them: because I sent my words to them, but they did not give ear; crying out to them, but they gave no answer.यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
18 But to the Rechabites Jeremiah said, This is what the Lord of armies, the God of Israel, has said: Because you have done the orders of Jonadab your father, and have kept his rules, and done everything as he gave you orders to do it;तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।
19 For this reason the Lord of armies, the God of Israel, has said, Jonadab, the son of Rechab, will never be without a man to take his place before me.यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।”‘
Nepali Bible