Bible

James 4 - BBE (Nepali)

1 What is the cause of wars and fighting among you? is it not in your desires which are at war in your bodies?के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,

2 You are burning with desire, and have not your desire, so you put men to death; you are full of envy, and you are not able to get your desire, so you are fighting and making war; you have not your desire, because you do not make request for it.तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।

3 You make your request but you do not get it, because your request has been wrongly made, desiring the thing only so that you may make use of it for your pleasure.अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

4 O you who are false to God, do you not see that the friends of this world are not God's friends? Every man desiring to be a friend of this world makes himself a hater of God.अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।

5 Or does it seem to you that it is for nothing that the holy Writings say, The spirit which God put into our hearts has a strong desire for us?के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

6 But he gives more grace. So that the Writings say, God is against the men of pride, but he gives grace to those who make themselves low before him.तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

7 For this cause be ruled by God; but make war on the Evil One and he will be put to flight before you.यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।

8 Come near to God and he will come near to you. Make your hands clean, you evil-doers; put away deceit from your hearts, you false in mind.परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

9 Be troubled, with sorrow and weeping; let your laughing be turned to sorrow and your joy to grief.उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

10 Make yourselves low in the eyes of the Lord and you will be lifted up by him.परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

11 Do not say evil against one another, my brothers. He who says evil against his brother or makes himself his brother's judge, says evil against the law and is judging the law: and in judging the law you become, not a doer of the law but a judge.भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

12 There is only one judge and law-giver, even he who has the power of salvation and of destruction; but who are you to be your neighbour's judge?परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

13 How foolish it is to say, Today or tomorrow we will go into this town, and be there for a year and do business there and get wealth:तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ र्वष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच

14 When you are not certain what will take place tomorrow. What is your life? It is a mist, which is seen for a little time and then is gone.भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

15 But the right thing to say would be, If it is the Lord's pleasure and if we are still living, we will do this and that.यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”

16 But now you go on glorying in your pride: and all such glorying is evil.तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।

17 The man who has knowledge of how to do good and does not do it, to him it is sin.अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।

Nepali Bible