Isaiah 65:11 “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।
Isaiah 65:11 in Other Translations
King James Version (KJV) But ye are they that forsake the LORD, that forget my holy mountain, that prepare a table for that troop, and that furnish the drink offering unto that number.
American Standard Version (ASV) But ye that forsake Jehovah, that forget my holy mountain, that prepare a table for Fortune, and that fill up mingled wine unto Destiny;
Bible in Basic English (BBE) But as for you who have given up the Lord, who have no care for my holy mountain, who get ready a table for Chance, and make offerings of mixed wine to Fate;
Darby English Bible (DBY) But ye who forsake Jehovah, who forget my holy mountain, who prepare a table for Gad, and fill up mixed wine unto Meni:
World English Bible (WEB) But you who forsake Yahweh, who forget my holy mountain, who prepare a table for Fortune, and who fill up mixed wine to Destiny;
Young's Literal Translation (YLT) And ye `are' those forsaking Jehovah, Who are forgetting My holy mountain, Who are setting in array for Gad a table, And who are filling for Meni a mixture.
Read Full Chapter :
Isaiah 65
Cross Reference
यशैया 1:28
तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)
यशैया 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
यशैया 65:25
ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
1 इतिहास 28:9
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
भजनसंग्रह 132:13
परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
यशैया 11:9
यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
यशैया 56:7
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”
यशैया 57:5
तिमीहरू सबै हरियो रूख मनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।
यर्मिया 2:28
ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
यर्मिया 17:13
हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोडनेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछकिनभने तिनीहरूले परमप्रभुलाई जीवित जलश्रोतलाई त्यागे।
इजकिएल 23:41
तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ।
1 कोरिन्थी 10:20
तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न।
हिब्रू 12:22
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
यशैया 57:13
जब तिमीहरूलाई सहायताको खाँचो पर्यो तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्यौ जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ। तिनीहरूलाई त्यही मूर्तिहरूले सघाओस्। तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ। बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ। तर त्यो मानिस जो ममाथि आश्रित छ त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु। त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।
व्यवस्था 29:24
“तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’
व्यवस्था 32:17
तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
प्रकाश 21:2
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।