Isaiah 55 - YLT (Nepali)
1 Ho, every thirsty one, come ye to the waters, And he who hath no money, Come ye, buy and eat, yea, come, buy Without money and without price, wine and milk.“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
2 Why do ye weigh money for that which is not bread? And your labour for that which is not for satiety? Hearken diligently unto me, and eat good, And your soul doth delight itself in fatness.किन? तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
3 Incline your ear, and come unto me, Hear, and your soul doth live, And I make for you a covenant age-during, The kind acts of David -- that are stedfast.मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4 Lo, a witness to peoples I have given him, A leader and commander to peoples.मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
5 Lo, a nation thou knowest not, thou callest, And a nation who know thee not unto thee do run, For the sake of Jehovah thy God, And for the Holy One of Israel, Because He hath beautified thee.ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
6 Seek ye Jehovah, while He is found, Call ye Him, while He is near,यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
7 Forsake doth the wicked his way, And the man of iniquity his thoughts, And he returneth to Jehovah, and He pitieth him, And unto our God for He multiplieth to pardon.दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
8 For not My thoughts `are' your thoughts, Nor your ways My ways, -- an affirmation of Jehovah,परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
9 For high have the heavens been above the earth, So high have been My ways above your ways, And My thoughts above your thoughts.आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
10 For, as come down doth the shower, And the snow from the heavens, And thither returneth not, But hath watered the earth, And hath caused it to yield, and to spring up, And hath given seed to the sower, and bread to the eater,“पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिरूवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
11 So is My word that goeth out of My mouth, It turneth not back unto Me empty, But hath done that which I desired, And prosperously effected that `for' which I sent it.यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ अनि ती वचनहरूले केही नगरूञ्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
12 For with joy ye go forth, And with peace ye are brought in, The mountains and the hills Break forth before you `with' singing, And all trees of the field clap the hand.तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
13 Instead of the thorn come up doth fir, Instead of the brier come up doth myrtle, And it hath been to Jehovah for a name, For a sign age-during -- it is not cut off!जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।”
Nepali Bible