Bible

Isaiah 42 - WEB (Nepali)

1 Behold, my servant, whom I uphold; my chosen, in whom my soul delights: I have put my Spirit on him; he will bring forth justice to the Gentiles.“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।

2 He will not cry, nor lift up his voice, nor cause it to be heard in the street.उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।

3 A bruised reed will he not break, and a dimly burning wick will he not quench: he will bring forth justice in truth.ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।

4 He will not fail nor be discouraged, until he have set justice in the earth; and the isles shall wait for his law.उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।

5 Thus says God Yahweh, he who created the heavens, and stretched them forth; he who spread abroad the earth and that which comes out of it; he who gives breath to the people on it, and spirit to those who walk therein:परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।

6 I, Yahweh, have called you in righteousness, and will hold your hand, and will keep you, and give you for a covenant of the people, for a light of the Gentiles;“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।

7 to open the blind eyes, to bring out the prisoners from the dungeon, and those who sit in darkness out of the prison-house.तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

8 I am Yahweh, that is my name; and my glory will I not give to another, neither my praise to engraved images.“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन जुन मेरो हुनुपर्नेछ।

9 Behold, the former things have happened, and new things do I declare. Before they spring forth I tell you of them.शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

10 Sing to Yahweh a new song, and his praise from the end of the earth; you who go down to the sea, and all that is therein, the isles, and the inhabitants of it.परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!

11 Let the wilderness and the cities of it lift up [their voice], the villages that Kedar does inhabit; let the inhabitants of Sela sing, let them shout from the top of the mountains.मरूभूमि र शहरहरू, केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर। सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ। तिम्रो पर्वतको चुचुरा देखि गाओ।

12 Let them give glory to Yahweh, and declare his praise in the islands.परमप्रभुलाई महिमा प्रदान गर, सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।

13 Yahweh will go forth as a mighty man; he will stir up [his] zeal like a man of war: he will cry, yes, he will shout aloud; he will do mightily against his enemies.परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

14 I have long time held my peace; I have been still, and refrained myself: [now] will I cry out like a travailing woman; I will gasp and pant together.“धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्। मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ। तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु म तेज जबरजस्ती गरेर सास फेर्नेछु।

15 I will lay waste mountains and hills, and dry up all their herbs; and I will make the rivers islands, and will dry up the pools.म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु। म नदीहरूलाई सुक्खा धर्तीमा परिर्वतन गर्नेछु। म पानीका इनारहरू पनि सुकाइदिनेछु।

16 I will bring the blind by a way that they don't know; in paths that they don't know will I lead them; I will make darkness light before them, and crooked places straight. These things will I do, and I will not forsake them.तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

17 They shall be turned back, they shall be utterly disappointed, who trust in engraved images, who tell molten images, You are our gods.तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे। ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ। तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्। ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन् तर ती मानिसहरू निराश हुनेछन्।

18 Hear, you deaf; and look, you blind, that you may see.“हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ! हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।

19 Who is blind, but my servant? or deaf, as my messenger whom I send? Who is blind as he who is at peace, and blind as Yahweh's servant?सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।

20 You see many things, but don't observe. His ears are open, but he doesn't hear.मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”

21 It pleased Yahweh, for his righteousness' sake, to magnify the law, and make it honorable.परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।

22 But this is a people robbed and plundered; they are all of them snared in holes, and they are hid in prison-houses: they are for a prey, and none delivers; for a spoil, and none says, Restore.तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।

23 Who is there among you who will give ear to this? who will listen and hear for the time to come?के तिमीहरू मध्ये कसैले पनि परमेश्वरका वचनहरूमा ध्यान दियौ? अहँ! तर तिमीहरूले उहाँको वचनहरूलाई अत्यन्त गहिरो प्रकारले ध्यान दिनुपर्छ अनि के हुने हो भन्ने कुरा सोच्नुपर्छ।

24 Who gave Jacob for a spoil, and Israel to the robbers? Didn't Yahweh? he against whom we have sinned, and in whose ways they would not walk, neither were they obedient to his law.याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।

25 Therefore he poured on him the fierceness of his anger, and the strength of battle; and it set him on fire round about, yet he didn't know; and it burned him, yet he didn't lay it to heart.यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।

Nepali Bible