Isaiah 1:10 हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
Isaiah 1:10 in Other Translations
King James Version (KJV) Hear the word of the LORD, ye rulers of Sodom; give ear unto the law of our God, ye people of Gomorrah.
American Standard Version (ASV) Hear the word of Jehovah, ye rulers of Sodom; give ear unto the law of our God, ye people of Gomorrah.
Bible in Basic English (BBE) Give ear to the word of the Lord, you rulers of Sodom; let your hearts be turned to the law of our God, you people of Gomorrah.
Darby English Bible (DBY) Hear the word of Jehovah, rulers of Sodom; give ear unto the law of our God, people of Gomorrah!
World English Bible (WEB) Hear the word of Yahweh, you rulers of Sodom! Listen to the law of our God, you people of Gomorrah!
Young's Literal Translation (YLT) Hear the word of Jehovah, ye rulers of Sodom, Give ear to the law of our God, ye people of Gomorrah,
Read Full Chapter :
Isaiah 1
Cross Reference
प्रकाश 11:8
ती दुई साक्षीहरुको शरीर महान् नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्त्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।
व्यवस्था 32:32
सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
यशैया 3:9
मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।
इजकिएल 16:46
तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। उ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी!
इजकिएल 16:49
परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।
आमोस 3:1
हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ।
आमोस 3:8
यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?
आमोस 9:7
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनिअरामीहरुलाई कोरबाट।”
उत्पत्ति 13:13
सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
रोमी 9:29
यस्तै कुरा यशैयाले भनेः“परमप्रभु सर्वशक्तिमान हुनुहुन्छ। प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए अहिले हामी सदोम र गमोरा जस्तै हुने थियौं।”
मीका 3:8
तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।”
1 राजा 22:19
तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।
यशैया 8:20
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
यशैया 28:14
तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।
यर्मिया 9:26
म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
यर्मिया 23:14
मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”