Hosea 4 - BBE (Nepali)
1 Give ear to the word of the Lord, O children of Israel; for the Lord has a cause against the people of this land, because there is no good faith in it, and no mercy and no knowledge of God in the land.हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्।
2 There is cursing and broken faith, violent death and attacks on property, men are untrue in married life, houses are broken into, and there is blood touching blood.मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।
3 Because of this the land will be dry, and everyone living in it will be wasted away, with the beasts of the field and the birds of heaven; even the fishes of the sea will be taken away.देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।
4 Let no man go to law or make protests, for your people are like those who go to law with a priest.कसैले अरू मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ।
5 You will not be able to keep on your feet by day, and by night the prophet will be falling down with you, and I will give your mother to destruction.तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।
6 Destruction has overtaken my people because they have no knowledge; because you have given up knowledge, I will give you up, so that you will be no priest to me, because you have not kept in mind the law of your God, I will not keep your children in my memory.“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।
7 Even while they were increasing in number they were sinning against me; I will let their glory be changed into shame.तिनीहरू अंहकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।
8 The sin of my people is like food to them; and their desire is for their wrongdoing.“पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्।
9 And the priest will be like the people; I will give them punishment for their evil ways, and the reward of their acts.यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु।
10 They will have food, but they will not be full; they will be false to me, but they will not be increased, because they no longer give thought to the Lord.तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। यो किन? किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
11 Loose ways and new wine take away wisdom.“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।
12 My people get knowledge from their tree, and their rod gives them news; for a false spirit is the cause of their wandering, and they have been false to their God.हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।
13 They make offerings on the tops of mountains, burning perfumes in high places, under trees of every sort, because their shade is good: and so your daughters are given up to loose ways and your brides are false to their husbands.तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाया हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।
14 I will not give punishment to your daughters or your brides for their evil behaviour; for they make themselves separate with loose women, and make offerings with those who are used for sex purposes in the worship of the gods: the people who have no wisdom will be sent away.“म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन। किनभने मानिसहरू आफै मन्दिरका देवदासीसंग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।
15 Do not you, O Israel, come into error; do not you, O Judah, come to Gilgal, or go up to Beth-aven, or take an oath, By the living Lord.“हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’
16 For Israel is uncontrolled, like a cow which may not be controlled; now will the Lord give them food like a lamb in a wide place.इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला र्खकमा भेडा झैं खुवाउनु पर्छ? होइन!
17 Ephraim is joined to false gods; let him be.एप्रैम मूर्तिहरूको साथी भएको छ। त्यसलाई एक्लै छोडिदेऊ।
18 Their drink has become bitter; they are completely false; her rulers take pleasure in shame.“एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्।
19 They are folded in the skirts of the wind; they will be shamed because of their offerings.तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएकाछन्।तिनीहरूको वलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।”
Nepali Bible