Bible

Proverbs 16 - WEB (Nepali)

1 The plans of the heart belong to man, But the answer of the tongue is from Yahweh.मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।

2 All the ways of a man are clean in his own eyes; But Yahweh weighs the motives.मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।

3 Commit your deeds to Yahweh, And your plans shall succeed.तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।

4 Yahweh has made everything for its own end-- Yes, even the wicked for the day of evil.परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।

5 Everyone who is proud in heart is an abomination to Yahweh: They shall assuredly not be unpunished.जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।

6 By mercy and truth iniquity is atoned for. By the fear of Yahweh men depart from evil.राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।

7 When a man's ways please Yahweh, He makes even his enemies to be at peace with him.परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।

8 Better is a little with righteousness, Than great revenues with injustice.बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।

9 A man's heart plans his course, But Yahweh directs his steps.हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।

10 Inspired judgments are on the lips of the king. He shall not betray his mouth.राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।

11 Honest balances and scales are Yahweh's; All the weights in the bag are his work.सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।

12 It is an abomination for kings to do wrong, For the throne is established by righteousness.राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।

13 Righteous lips are the delight of kings. They value one who speaks the truth.साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।

14 The king's wrath is a messenger of death, But a wise man will pacify it.जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।

15 In the light of the king's face is life. His favor is like a cloud of the spring rain.राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।

16 How much better it is to get wisdom than gold! Yes, to get understanding is to be chosen rather than silver.ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।

17 The highway of the upright is to depart from evil. He who keeps his way preserves his soul.धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।

18 Pride goes before destruction, And a haughty spirit before a fall.सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।

19 It is better to be of a lowly spirit with the poor, Than to divide the plunder with the proud.अहंकारी मानिससित लूटको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

20 He who heeds the Word finds prosperity. Whoever trusts in Yahweh is blessed.मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।

21 The wise in heart shall be called prudent. Pleasantness of the lips promotes instruction.ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ।

22 Understanding is a fountain of life to one who has it, But the punishment of fools is their folly.तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।

23 The heart of the wise instructs his mouth, And adds learning to his lips.बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।

24 Pleasant words are a honeycomb, Sweet to the soul, and health to the bones.आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

25 There is a way which seems right to a man, But in the end it leads to death.कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।

26 The appetite of the laboring man labors for him; For his mouth urges him on.परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।

27 A worthless man devises mischief. His speech is like a scorching fire.एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।

28 A perverse man stirs up strife. A whisperer separates close friends.एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।

29 A man of violence entices his neighbor, And leads him in a way that is not good.एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।

30 One who winks his eyes to plot perversities, One who compresses his lips, is bent on evil.जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।

31 Gray hair is a crown of glory. It is attained by a life of righteousness.फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।

32 One who is slow to anger is better than the mighty; One who rules his spirit, than he who takes a city.मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।

33 The lot is cast into the lap, But its every decision is from Yahweh.चिट्ठा, मानिसहरू द्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।

Nepali Bible