Proverbs 14:14 एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
Proverbs 14:14 in Other Translations
King James Version (KJV) The backslider in heart shall be filled with his own ways: and a good man shall be satisfied from himself.
American Standard Version (ASV) The backslider in heart shall be filled with his own ways; And a good man `shall be satisfied' from himself.
Bible in Basic English (BBE) He whose heart is turned away will have the reward of his ways in full measure; but a good man will have the reward of his doings.
Darby English Bible (DBY) The backslider in heart shall be filled with his own ways, and the good man from what is in himself.
World English Bible (WEB) The unfaithful will be repaid for his own ways; Likewise a good man will be rewarded for his ways.
Young's Literal Translation (YLT) From his ways is the backslider in heart filled, And a good man -- from his fruits.
Read Full Chapter :
Proverbs 14
Cross Reference
हितोपदेश 12:14
मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।
गलाती 6:8
यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।
यर्मिया 8:5
यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
हिब्रू 3:12
त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।
यर्मिया 17:5
परमप्रभुले यी कुराहरू भन्नुभयो “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
इजकिएल 22:31
यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
होशे 4:16
इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला र्खकमा भेडा झैं खुवाउनु पर्छ? होइन!
यूहन्ना 4:14
तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
गलाती 6:4
कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।
2 पत्रुस 2:20
ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।
सपन्याह 1:6
कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
हितोपदेश 1:31
तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
हितोपदेश 14:10
यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
यर्मिया 2:19
तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
2 कोरिन्थी 1:12
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।