Bible

Hebrews 6 - ASV (Nepali)

1 Wherefore leaving the doctrine of the first principles of Christ, let us press on unto perfection; not laying again a foundation of repentance from dead works, and of faith toward God,यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।

2 of the teaching of baptisms, and of laying on of hands, and of resurrection of the dead, and of eternal judgment.त्यसबेला, हामीलाई बप्तिस्माहरू,मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।

3 And this will we do, if God permit.परमेश्वरले चाहनु भए हामी त्यो पनि गछौं।

4 For as touching those who were once enlightened and tasted of the heavenly gift, and were made partakers of the Holy Spirit,मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।

5 and tasted the good word of God, and the powers of the age to come,तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ।

6 and `then' fell away, it is impossible to renew them again unto repentance; seeing they crucify to themselves the Son of God afresh, and put him to an open shame.किन? किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।

7 For the land which hath drunk the rain that cometh oft upon it, and bringeth forth herbs meet for them for whose sake it is also tilled, receiveth blessing from God:जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।

8 but if it beareth thorns and thistles, it is rejected and nigh unto a curse; whose end is to be burned.तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।

9 But, beloved, we are persuaded better things of you, and things that accompany salvation, though we thus speak:प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।

10 for God is not unrighteous to forget your work and the love which ye showed toward his name, in that ye ministered unto the saints, and still do minister.परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।

11 And we desire that each one of you may show the same diligence unto the fulness of hope even to the end:तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।

12 that ye be not sluggish, but imitators of them who through faith and patience inherit the promises.अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

13 For when God made promise to Abraham, since he could swear by none greater, he sware by himself,परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।

14 saying, Surely blessing I will bless thee, and multiplying I will multiply thee.परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”

15 And thus, having patiently endured, he obtained the promise.यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।

16 For men swear by the greater: and in every dispute of theirs the oath is final for confirmation.शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।

17 Wherein God, being minded to show more abundantly unto the heirs of the promise the immutability of his counsel, interposed with an oath;जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाण गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझून् भन्ने पनि परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सकनु हुन्न, अनि जब उहांले कुनै शपथ लिनुहुन्छ उहाँले ढाँट्न सकनुहुन्न।

18 that by two immutable things, in which it is impossible for God to lie, we may have a strong encouragement, who have fled for refuge to lay hold of the hope set before us:यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।

19 which we have as an anchor of the soul, `a hope' both sure and stedfast and entering into that which is within the veil;हाम्रो आशा एउटा लंगूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मंदिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।

20 whither as a forerunner Jesus entered for us, having become a high priest for ever after the order of Melchizedek.येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

Nepali Bible