Hebrews 10 - WEB (Nepali)
1 For the law, having a shadow of the good to come, not the very image of the things, can never with the same sacrifices year by year, which they offer continually, make perfect those who draw near.व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
2 Or else wouldn't they have ceased to be offered, because the worshippers, having been once cleansed, would have had no more consciousness of sins?व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।
3 But in those sacrifices there is yearly reminder of sins.यी बलिहरूले त प्रत्येक र्वष मानिसहरूलाई आफ्ना पापहरू संझाउने काम मात्र गर्छ।
4 For it is impossible that the blood of bulls and goats should take away sins.किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
5 Therefore when he comes into the world, he says, "Sacrifice and offering you didn't desire, But a body did you prepare for me;तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
6 In whole burnt offerings and sacrifices for sin you had no pleasure.बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
7 Then I said, 'Behold, I have come (In the scroll of the book it is written of me) To do your will, God.'"तब मैले भने, ‘परमेश्वर म यहाँ छु। व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।”‘
8 Previously saying, "Sacrifices and offerings and whole burnt offerings and sacrifices for sin you didn't desire, neither had pleasure in them" (those which are offered according to the law),उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चहान्छ।
9 then he has said, "Behold, I have come to do your will." He takes away the first, that he may establish the second,त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।
10 by which will we have been sanctified through the offering of the body of Jesus Christ once for all.येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
11 Every priest indeed stands day by day ministering and often offering the same sacrifices, which can never take away sins,प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।
12 but he, when he had offered one sacrifice for sins for ever, sat down on the right hand of God;तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।
13 from that time waiting until his enemies are made the footstool of his feet.अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।
14 For by one offering he has perfected forever those who are being sanctified.एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
15 The Holy Spirit also testifies to us, for after saying,पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ
16 "This is the covenant that I will make with them: 'After those days,' says the Lord, 'I will put my laws on their heart, I will also write them on their mind;'" then he says,“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।”
17 "I will remember their sins and their iniquities no more."तब उहाँ भन्नुहुन्छ“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु। म यी कुराहरू उप्रान्त फेरि संम्झने छैनँ।”
18 Now where remission of these is, there is no more offering for sin.अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
19 Having therefore, brothers, boldness to enter into the holy place by the blood of Jesus,यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।
20 by the way which he dedicated for us, a new and living way, through the veil, that is to say, his flesh;अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।
21 and having a great priest over the house of God,जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।
22 let's draw near with a true heart in fullness of faith, having our hearts sprinkled from an evil conscience, and having our body washed with pure water,शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
23 let us hold fast the confession of our hope unyieldingly. For he who promised is faithful.हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
24 Let us consider how to provoke one another to love and good works,हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
25 not forsaking our own assembling together, as the custom of some is, but exhorting one another; and so much the more, as you see the Day approaching.हामीसँग भेट हुनाबाट र्तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेटनु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
26 For if we sin willfully after we have received the knowledge of the truth, there remains no more a sacrifice for sins,सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
27 but a certain fearful expectation of judgment, and a fierceness of fire which will devour the adversaries.यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयंकर अग्निलाई र्पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।
28 A man who disregards Moses' law dies without compassion on the word of two or three witnesses.यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।
29 How much worse punishment, do you think, will he be judged worthy of, who has trodden under foot the Son of God, and has counted the blood of the covenant with which he was sanctified an unholy thing, and has insulted the Spirit of grace?जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।
30 For we know him who said, "Vengeance belongs to me," says the Lord, "I will repay." Again, "The Lord will judge his people."हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”
31 It is a fearful thing to fall into the hands of the living God.जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
32 But remember the former days, in which, after you were enlightened, you endured a great struggle with sufferings;ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संर्घष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।
33 partly, being exposed to both reproaches and oppressions; and partly, becoming partakers with those who were treated so.कहिले-काही मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।
34 For you both had compassion on me in my chains, and joyfully accepted the plundering of your possessions, knowing that you have for yourselves a better possession and an enduring one in the heavens.हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 Therefore don't throw away your boldness, which has a great reward.यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।
36 For you need endurance so that, having done the will of God, you may receive the promise.तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
37 "In a very little while, He who comes will come, and will not wait.चाँडै नै,“जो आउनु हुँदैछ आउनुं नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।
38 But the righteous will live by faith. If he shrinks back, my soul has no pleasure in him."जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।”
39 But we are not of those who shrink back to destruction, but of those who have faith to the saving of the soul.तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।विश्वास
Nepali Bible