Genesis 49:18
“परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।”गाद
Genesis 49:18 in Other Translations
King James Version (KJV)
I have waited for thy salvation, O LORD.
American Standard Version (ASV)
I have waited for thy salvation, O Jehovah.
Bible in Basic English (BBE)
I have been waiting for your salvation, O Lord.
Darby English Bible (DBY)
I wait for thy salvation, O Jehovah.
Webster's Bible (WBT)
I have waited for thy salvation O LORD.
World English Bible (WEB)
I have waited for your salvation, Yahweh.
Young's Literal Translation (YLT)
For Thy salvation I have waited, Jehovah!
| I have waited for | לִֽישׁוּעָתְךָ֖ | lîšûʿotkā | lee-shoo-ote-HA |
| thy salvation, | קִוִּ֥יתִי | qiwwîtî | kee-WEE-tee |
| O Lord. | יְהוָֽה׃ | yĕhwâ | yeh-VA |
Cross Reference
Psalm 119:174
हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
Psalm 119:166
हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
Micah 7:7
म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
Isaiah 25:9
त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
Luke 2:25
शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।
Psalm 40:1
मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई भन्नुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो।
Luke 1:30
ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।
Luke 2:30
किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
Luke 23:51
तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।
Romans 8:19
परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठुलो उत्सुकताको साथ त्यस समयलाई र्पखिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ।
Romans 8:25
तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठुलो धैर्यसित त्यो र्पखिरहेका छौं।
Galatians 5:5
हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी र्पखिरहेका छौं।
1 Thessalonians 1:10
परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोडयौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुने 2छ।
Mark 15:43
अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
Matthew 1:21
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
Psalm 25:5
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
Psalm 62:1
मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
Psalm 62:5
मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
Psalm 85:7
हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।
Psalm 119:41
हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्।
Psalm 123:2
यो नयाँ यरूशलेम हो! एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो। त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
Psalm 130:5
म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
Isaiah 8:17
हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।
Isaiah 30:18
परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।
Isaiah 33:2
हे परमप्रभु, ‘हामीमा अनुग्रह गर्नुहोस्। हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं। परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस कष्टमा हाम्रो उद्धार हुनुहोस।
Isaiah 36:8
यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।
Lamentations 3:25
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
Psalm 14:7
सियोनमा इस्राएल लाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल ) खुशी हुनेछ।