Genesis 46

1 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।

2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”

3 तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।

4 म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”

5 त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे।

6 तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए।

7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

8 तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनःरूबेन याकूबका जेठो छोरो थिए।

9 रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।

10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)

11 लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

13 इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।

14 जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।

15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।

16 गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।

19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)

20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।

21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।

22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।

23 हुशीम दानका छोरो थियो।

24 नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।

25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।

26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)

27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।इस्राएल मिश्रमा पुग्छ

28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।

29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।

30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”

31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्।

32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले संधै भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’

33 जब फिरऊनले बोलने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’

34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’

1 And Israel took his journey with all that he had, and came to Beer-sheba, and offered sacrifices unto the God of his father Isaac.

2 And God spake unto Israel in the visions of the night, and said, Jacob, Jacob. And he said, Here am I.

3 And he said, I am God, the God of thy father: fear not to go down into Egypt; for I will there make of thee a great nation:

4 I will go down with thee into Egypt; and I will also surely bring thee up again: and Joseph shall put his hand upon thine eyes.

5 And Jacob rose up from Beer-sheba: and the sons of Israel carried Jacob their father, and their little ones, and their wives, in the wagons which Pharaoh had sent to carry him.

6 And they took their cattle, and their goods, which they had gotten in the land of Canaan, and came into Egypt, Jacob, and all his seed with him:

7 His sons, and his sons’ sons with him, his daughters, and his sons’ daughters, and all his seed brought he with him into Egypt.

8 And these are the names of the children of Israel, which came into Egypt, Jacob and his sons: Reuben, Jacob’s firstborn.

9 And the sons of Reuben; Hanoch, and Phallu, and Hezron, and Carmi.

10 And the sons of Simeon; Jemuel, and Jamin, and Ohad, and Jachin, and Zohar, and Shaul the son of a Canaanitish woman.

11 And the sons of Levi; Gershon, Kohath, and Merari.

12 And the sons of Judah; Er, and Onan, and Shelah, and Pharez, and Zerah: but Er and Onan died in the land of Canaan. And the sons of Pharez were Hezron and Hamul.

13 And the sons of Issachar; Tola, and Phuvah, and Job, and Shimron.

14 And the sons of Zebulun; Sered, and Elon, and Jahleel.

15 These be the sons of Leah, which she bare unto Jacob in Padan-aram, with his daughter Dinah: all the souls of his sons and his daughters were thirty and three.

16 And the sons of Gad; Ziphion, and Haggi, Shuni, and Ezbon, Eri, and Arodi, and Areli.

17 And the sons of Asher; Jimnah, and Ishuah, and Isui, and Beriah, and Serah their sister: and the sons of Beriah; Heber, and Malchiel.

18 These are the sons of Zilpah, whom Laban gave to Leah his daughter, and these she bare unto Jacob, even sixteen souls.

19 The sons of Rachel Jacob’s wife; Joseph, and Benjamin.

20 And unto Joseph in the land of Egypt were born Manasseh and Ephraim, which Asenath the daughter of Poti-pherah priest of On bare unto him.

21 And the sons of Benjamin were Belah, and Becher, and Ashbel, Gera, and Naaman, Ehi, and Rosh, Muppim, and Huppim, and Ard.

22 These are the sons of Rachel, which were born to Jacob: all the souls were fourteen.

23 And the sons of Dan; Hushim.

24 And the sons of Naphtali; Jahzeel, and Guni, and Jezer, and Shillem.

25 These are the sons of Bilhah, which Laban gave unto Rachel his daughter, and she bare these unto Jacob: all the souls were seven.

26 All the souls that came with Jacob into Egypt, which came out of his loins, besides Jacob’s sons’ wives, all the souls were threescore and six;

27 And the sons of Joseph, which were born him in Egypt, were two souls: all the souls of the house of Jacob, which came into Egypt, were threescore and ten.

28 And he sent Judah before him unto Joseph, to direct his face unto Goshen; and they came into the land of Goshen.

29 And Joseph made ready his chariot, and went up to meet Israel his father, to Goshen, and presented himself unto him; and he fell on his neck, and wept on his neck a good while.

30 And Israel said unto Joseph, Now let me die, since I have seen thy face, because thou art yet alive.

31 And Joseph said unto his brethren, and unto his father’s house, I will go up, and shew Pharaoh, and say unto him, My brethren, and my father’s house, which were in the land of Canaan, are come unto me;

32 And the men are shepherds, for their trade hath been to feed cattle; and they have brought their flocks, and their herds, and all that they have.

33 And it shall come to pass, when Pharaoh shall call you, and shall say, What is your occupation?

34 That ye shall say, Thy servants’ trade hath been about cattle from our youth even until now, both we, and also our fathers: that ye may dwell in the land of Goshen; for every shepherd is an abomination unto the Egyptians.

Genesis 43 in Tamil and English

1 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।
And the famine was sore in the land.

2 मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”
And it came to pass, when they had eaten up the corn which they had brought out of Egypt, their father said unto them, Go again, buy us a little food.

3 तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’
And Judah spake unto him, saying, The man did solemnly protest unto us, saying, Ye shall not see my face, except your brother be with you.

4 यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ।
If thou wilt send our brother with us, we will go down and buy thee food:

5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”
But if thou wilt not send him, we will not go down: for the man said unto us, Ye shall not see my face, except your brother be with you.

6 इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”
And Israel said, Wherefore dealt ye so ill with me, as to tell the man whether ye had yet a brother?

7 ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”
And they said, The man asked us straitly of our state, and of our kindred, saying, Is your father yet alive? have ye another brother? and we told him according to the tenor of these words: could we certainly know that he would say, Bring your brother down?

8 त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसंगै मर्नेछन्।
And Judah said unto Israel his father, Send the lad with me, and we will arise and go; that we may live, and not die, both we, and thou, and also our little ones.

9 म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।
I will be surety for him; of my hand shalt thou require him: if I bring him not unto thee, and set him before thee, then let me bear the blame for ever:

10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”
For except we had lingered, surely now we had returned this second time.

11 त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।
And their father Israel said unto them, If it must be so now, do this; take of the best fruits in the land in your vessels, and carry down the man a present, a little balm, and a little honey, spices, and myrrh, nuts, and almonds:

12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।
And take double money in your hand; and the money that was brought again in the mouth of your sacks, carry it again in your hand; peradventure it was an oversight:

13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।
Take also your brother, and arise, go again unto the man:

14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
And God Almighty give you mercy before the man, that he may send away your other brother, and Benjamin. If I be bereaved of my children, I am bereaved.

15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्‌त्याइयो
And the men took that present, and they took double money in their hand, and Benjamin; and rose up, and went down to Egypt, and stood before Joseph.

16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”
And when Joseph saw Benjamin with them, he said to the ruler of his house, Bring these men home, and slay, and make ready; for these men shall dine with me at noon.

17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।
And the man did as Joseph bade; and the man brought the men into Joseph’s house.

18 जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”
And the men were afraid, because they were brought into Joseph’s house; and they said, Because of the money that was returned in our sacks at the first time are we brought in; that he may seek occasion against us, and fall upon us, and take us for bondmen, and our asses.

19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।
And they came near to the steward of Joseph’s house, and they communed with him at the door of the house,

20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं।
And said, O sir, we came indeed down at the first time to buy food:

21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।
And it came to pass, when we came to the inn, that we opened our sacks, and, behold, every man’s money was in the mouth of his sack, our money in full weight: and we have brought it again in our hand.

22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”
And other money have we brought down in our hands to buy food: we cannot tell who put our money in our sacks.

23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।
And he said, Peace be to you, fear not: your God, and the God of your father, hath given you treasure in your sacks: I had your money. And he brought Simeon out unto them.

24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।
And the man brought the men into Joseph’s house, and gave them water, and they washed their feet; and he gave their asses provender.

25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।
And they made ready the present against Joseph came at noon: for they heard that they should eat bread there.

26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।
And when Joseph came home, they brought him the present which was in their hand into the house, and bowed themselves to him to the earth.

27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
And he asked them of their welfare, and said, Is your father well, the old man of whom ye spake? Is he yet alive?

28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।
And they answered, Thy servant our father is in good health, he is yet alive. And they bowed down their heads, and made obeisance.

29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
And he lifted up his eyes, and saw his brother Benjamin, his mother’s son, and said, Is this your younger brother, of whom ye spake unto me? And he said, God be gracious unto thee, my son.

30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।
And Joseph made haste; for his bowels did yearn upon his brother: and he sought where to weep; and he entered into his chamber, and wept there.

31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”
And he washed his face, and went out, and refrained himself, and said, Set on bread.

32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रू मानिसहरूसँगै बसेर खानु राम्रो होइन।
And they set on for him by himself, and for them by themselves, and for the Egyptians, which did eat with him, by themselves: because the Egyptians might not eat bread with the Hebrews; for that is an abomination unto the Egyptians.

33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।
And they sat before him, the firstborn according to his birthright, and the youngest according to his youth: and the men marvelled one at another.

34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।
And he took and sent messes unto them from before him: but Benjamin’s mess was five times so much as any of theirs. And they drank, and were merry with him.