Genesis 37 - ASV (Nepali)
1 And Jacob dwelt in the land of his father's sojournings, in the land of Canaan.याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो।
2 These are the generations of Jacob. Joseph, being seventeen years old, was feeding the flock with his brethren; and he was a lad with the sons of Bilhah, and with the sons of Zilpah, his father's wives: and Joseph brought the evil report of them unto their father.याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो।
3 Now Israel loved Joseph more than all his children, because he was the son of his old age: and he made him a coat of many colors.इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।
4 And his brethren saw that their father loved him more than all his brethren; and they hated him, and could not speak peaceably unto him.यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।
5 And Joseph dreamed a dream, and he told it to his brethren: and they hated him yet the more.एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।
6 And he said unto them, Hear, I pray you, this dream which I have dreamed:यूसुफले भने, “मैले एउटा सपना देखें।
7 for, behold, we were binding sheaves in the field, and, lo, my sheaf arose, and also stood upright; and, behold, your sheaves came round about, and made obeisance to my sheaf.हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”
8 And his brethren said to him, Shalt thou indeed reign over us? Or shalt thou indeed have dominion over us? And they hated him yet the more for his dreams, and for his words.यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।
9 And he dreamed yet another dream, and told it to his brethren, and said, Behold, I have dreamed yet a dream: and, behold, the sun and the moon and eleven stars made obeisance to me.तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”
10 And he told it to his father, and to his brethren; and his father rebuked him, and said unto him, What is this dream that thou hast dreamed? Shall I and thy mother and thy brethren indeed come to bow down ourselves to thee to the earth?उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।”
11 And his brethren envied him; but his father kept the saying in mind.यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
12 And his brethren went to feed their father's flock in Shechem.एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेडाहरूको हेरचाह गर्न शकेम गए।
13 And Israel said unto Joseph, Are not thy brethren feeding the flock in Shechem? Come, and I will send thee unto them. And he said to him, Here am I.याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेडाहरू हेरचाह गर्दैछन्।”यूसुफले भने, “म जानेछु।”
14 And he said to him, Go now, see whether it is well with thy brethren, and well with the flock; and bring me word again. So he sent him out of the vale of Hebron, and he came to Shechem.यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।
15 And a certain man found him, and, behold, he was wandering in the field: and the man asked him, saying, What seekest thou?शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”
16 And he said, I am seeking my brethren: tell me, I pray thee, where they are feeding `the flock'.यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेडाहरूसित कहाँ छन्?”
17 And the man said, They are departed hence; for I heard them say, Let us go to Dothan. And Joseph went after his brethren, and found them in Dothan.त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।
18 And they saw him afar off, and before he came near unto them, they conspired against him to slay him.यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए।
19 And they said one to another, Behold, this dreamer cometh.उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।
20 Come now therefore, and let us slay him, and cast him into one of the pits, and we will say, And evil beast hath devoured him: and we shall see what will become of his dreams.यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”
21 And Reuben heard it, and delivered him out of their hand, and said, Let us not take his life.तर रूबेनले यूसुफलाई बचाउन चाहन्थ्यो। रूबेनले भने, “त्यसलाई हामी नमारौं।
22 And Reuben said unto them, Shed no blood; cast him into this pit that is in the wilderness, but lay no hand upon him: that he might deliver him out of their hand, to restore him to his father.हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।
23 And it came to pass, when Joseph was come unto his brethren, that they stripped Joseph of his coat, the coat of many colors that was on him;जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे।
24 and they took him, and cast him into the pit: and the pit was empty, there was no water in it.त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।
25 And they sat down to eat bread: and they lifted up their eyes and looked, and, behold, a caravan of Ishmaelites was coming from Gilead, with their camels bearing spicery and balm and myrrh, going to carry it down to Egypt.जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए।
26 And Judah said unto his brethren, What profit is it if we slay our brother and conceal his blood?यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ?
27 Come, and let us sell him to the Ishmaelites, and let not our hand be upon him; for he is our brother, our flesh. And his brethren hearkened unto him.बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।
28 And there passed by Midianites, merchantmen; and they drew and lifted up Joseph out of the pit, and sold Joseph to the Ishmaelites for twenty pieces of silver. And they brought Joseph into Egypt.जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।
29 And Reuben returned unto the pit; and, behold, Joseph was not in the pit; and he rent his clothes.यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो।
30 And he returned unto his brethren, and said, The child is not; and I, whither shall I go?रूबेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गएर भने, “त्यो केटो कूवाँमा छैन। मैले के गर्नु?”
31 And they took Joseph's coat, and killed a he-goat, and dipped the coat in the blood;ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए।
32 and they sent the coat of many colors, and they brought it to their father, and said, This have we found: know now whether it is thy son's coat or not.तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”
33 And he knew it, and said, It is my son's coat: an evil beast hath devoured him; Joseph is without doubt torn in pieces.तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।”
34 And Jacob rent his garments, and put sackcloth upon his loins, and mourned for his son many days.याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।
35 And all his sons and all his daughters rose up to comfort him; but he refused to be comforted; and he said, For I will go down to Sheol to my son mourning. And his father wept for him.उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो।
36 And the Midianites sold him into Egypt unto Potiphar, an officer of Pharaoh's, the captain of the guard.ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।
Nepali Bible