Bible

Genesis 31 - WBT (Nepali)

1 And he heard the words of Laban's sons, saying, Jacob hath taken away all that was our father's; and of that which was our father's hath he obtained all this glory.एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।”

2 And Jacob beheld the countenance of Laban, and behold, it was not towards him as before.याकूबले तब महस्‌स गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन।

3 And the LORD said to Jacob, Return to the land of thy fathers, and to thy kindred; and I will be with thee.परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसंग हुनेछु।”

4 And Jacob sent and called Rachel and Leah into the field to his flock,यसर्थ याकूबले राहेल र लेआलाई भेडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो।

5 And said to them, I see your father's countenance, that it is not towards me as before: but the God of my father hath been with me.राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित संधै पहिले जस्तो राम्रो कुरा गर्दैनन्।

6 And ye know that with all my power I have served your father.तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें।

7 And your father hath deceived me, and changed my wages ten times: but God suffered him not to hurt me.तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।

8 If he said thus, The speckled shall be thy wages; then all the cattle bore speckled: and if he said thus, The ring-streaked shall be thy hire; then all the cattle bore ring-streaked.“एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू बियाए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू बियाए।

9 Thus God hath taken away the cattle of your father, and given them to me.यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।

10 And it came to pass at the time that the cattle conceived, that I lifted up my eyes, and saw in a dream, and behold, the rams which leaped upon the cattle were ring-streaked, speckled, and grizzled.“पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए।

11 And the angel of God spoke to me in a dream, saying, Jacob: And I said, Here am I.परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, “याकूब”। “मैले भनें, हजुर।’

12 And he said, Lift up now thy eyes and see, all the rams which leap upon the cattle are ring-streaked, speckled, and grizzled: for I have seen all that Laban doeth to thee.“त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु।

13 I am the God of Beth-el, where thou anointedst the pillar, and where thou vowedst to me a vow: now arise, depart from this land, and return to the land of thy kindred.म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।”‘

14 And Rachel and Leah answered, and said to him, Is there yet any portion or inheritance for us in our father's house?राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे।

15 Are we not counted by him strangers; for he hath sold us, and hath quite consumed also our money.उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए।

16 For all the riches which God hath taken from our father, that is ours, and our children's: now then whatever God hath said to thee, do.परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”

17 Then Jacob arose, and set his sons and his wives upon camels;यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।

18 And he carried away all his cattle, and all his goods which he had gained, the cattle of his getting, which he had gained in Padan-aram; to go to Isaac, his father, in the land of Canaan.तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँबाट फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरु तिनीहरूको अघि अघि हिंड्‌यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।

19 And Laban went to shear his sheep; and Rachel had stolen the images that were her father's.त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।

20 And Jacob stole away unawares to Laban the Syrian, in that he told him not that he was about to depart.याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्।

21 So he fled with all that he had; and he arose, and passed over the river, and set his face towards the mount Gilead.याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्‌यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।

22 And it was told Laban on the third day that Jacob had fled.तीन दिनपछि मात्र याकूब भागेको कुरा लाबानले थाहा पाए।

23 And he took his brethren with him, and pursued after him seven days' journey: and they overtook him in the mount Gilead.3यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकूबलाई पछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकूबलाई गिलादको पहाडी क्षेत्रमा भेटे।

24 And God came to Laban, the Syrian, in a dream by night, and said to him, Take heed that thou speak not to Jacob either good or bad.त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

25 Then Laban overtook Jacob. Now Jacob had pitched his tent in the mount: and Laban, with his brethren, pitched in the mount of Gilead.अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।

26 And Laban said to Jacob, What hast thou done, that thou hast stolen away unawares to me, and carried away my daughters, as captives taken with the sword?लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्?

27 Why didst thou flee away secretly, and steal away from me, and didst not tell me, that I might have sent thee away with mirth, and with songs, with tabret, and with harp?मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो।

28 And hast not suffered me to kiss my sons, and my daughters? thou hast now done foolishly in so doing.तैंले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइनस्। यो सब गरेर तँ साह्रै मूर्ख भइस्।

29 It is in the power of my hand to do you hurt: but the God of your father spoke to me yesternight, saying, Take thou heed that thou speak not to Jacob either good or bad.वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।

30 And now, though thou wouldest needs be gone, because thou didst earnestly long after thy father's house; yet why hast thou stolen my gods?म जान्दछु तँ तेरो घर जान चाहन्छस र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”

31 And Jacob answered and said to Laban, Because I was afraid: for I said, It may be thou wouldest take thy daughters from me by force.याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचे तिमीले तिम्री छोरीहरू मबाट खोस्नेछौ,

32 With whomsoever thou findest thy gods, let him not live: before our brethren discern thou what is thine with me, and take it to thee: for Jacob knew not that Rachel had stolen them.तर मैले तिम्रा देवताहरू चोरेको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)।

33 And Laban went into Jacob's tent, and into Leah's tent, and into the two maid-servants' tents; but he found them not. Then he went out of Leah's tent, and entered into Rachel's tent.लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए।

34 Now Rachel had taken the images, and put them in the camel's furniture, and sat upon them. And Laban searched all the tent, but found them not.राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।

35 And she said to her father, Let it not displease my lord that I cannot rise up before thee; for the custom of women is upon me. And he searched, but found not the images.अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।

36 And Jacob was wroth, and chid with Laban: and Jacob answered, and said to Laban, What is my trespass? what is my sin, that thou hast so eagerly pursued after me?तब याकूब अत्यन्तै क्रोधित भएर भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद्ने र रोक्ने अधिकार तिमीले कसरी पायौ?

37 Whereas thou hast searched all my stuff, what hast thou found of all thy household-stuff? set it here before my brethren, and thy brethren, that they may judge betwixt us both.मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ।’ यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ।

38 These twenty years have I been with thee: thy ewes and thy she-goats have not cast their young, and the rams of thy flock have I not eaten.मैले बीस वर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ।

39 That which was torn by beasts, I brought not to thee; I bore the loss of it; of my hand didst thou require it, whether stolen by day, or stolen by night.जहिले पनि जंङ्गली जनावरले कुनै भेडा अनि बाख्रा खाए, त्यो जंङ्गली जनावारले मारेको भेडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याईन। म सँधै तिमीले मलाई मागेको पूरा दाम तिरें। म दिन रात लुटिएको थिएँ।

40 Thus I was; in the day the drouth consumed me, and the frost by night; and my sleep departed from my eyes.दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो।

41 Thus have I been twenty years in thy house: I served thee fourteen years for thy two daughters, and six years for thy cattle: and thou hast changed my wages ten times.बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ।

42 Except the God of my father, the God of Abraham, and the fear of Isaac had been with me, surely thou hadst now sent me away empty. God hath seen my affliction, and the labor of my hands, and rebuked thee yesternight.तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

43 And Laban answered, and said to Jacob, These daughters are my daughters, and these children are my children, and these cattle are my cattle, and all that thou seest is mine; and what can I do this day to these my daughters, or to their children which they have borne?लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ।

44 Now therefore come thou, let us make a covenant, I and thou; and let it be for a witness between me and thee.यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा ढुङ्गाको एउटा थुप्रो बनाऊ।”

45 And Jacob took a stone, and set it up for a pillar.उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ठूलो ढुङ्गा ल्याएर त्यहाँ राख्यो।

46 And Jacob said to his brethren, Gather stones; and they took stones, and made a heap: and they ate there upon the heap.उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए।

47 And Laban called it Jegar-sahadutha: but Jacob called it Galeed:लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।

48 And Laban said, This heap is a witness between me and thee this day. Therefore was the name of it called Galeed:लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।

49 And Mizpah; for he said, The LORD watch between me and thee, when we are absent one from another.लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो।

50 If thou shalt afflict my daughters, or if thou shalt take other wives besides my daughters; no man is with us; See, God is witness betwixt me and thee.त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ।

51 And Laban said to Jacob, Behold this heap, and behold this pillar, which I have cast betwixt me and thee;यहाँ यी ढुङ्गाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ।

52 This heap be witness, and this pillar be witness, that I will not pass over this heap to thee, and that thou shalt not pass over this heap and this pillar to me, for harm.ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं।

53 The God of Abraham, and the God of Nahor, the God of their father, judge betwixt us. And Jacob swore by the fear of his father Isaac.यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।”याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे।

54 Then Jacob offered sacrifice upon the mount, and called his brethren to eat bread: and they ate bread, and tarried all night in the mount.त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।

55 And early in the morning Laban arose, and kissed his sons and his daughters, and blessed them: and Laban departed, and returned to his place.अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

Nepali Bible