Genesis 29 - WBT (Nepali)
1 Then Jacob went on his journey, and came into the land of the people of the east.तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।
2 And he looked, and behold, a well in the field, and lo, there were three flocks of sheep lying by it; for out of that well they watered the flocks: and a great stone was upon the well's mouth.याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो।
3 And thither were all the flocks gathered: and they rolled the stone from the well's mouth and watered the sheep, and put the stone again upon the well's mouth in its place.जब सबै भेडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।
4 And Jacob said to them, My brethren, whence are ye? And they said, We are from Haran.याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?”तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”
5 And he said to them, Know ye Laban the son of Nahor? and they said, We know him.फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।“
6 And he said to them, Is he well? And they said, He is well: and behold, Rachel his daughter cometh with the sheep.तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”
7 And he said, Lo, it is yet high day, neither is it time that the cattle should be collected: water ye the sheep, and go and feed them.याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”
8 And they said, We cannot, until all the flocks are collected, and till they roll the stone from the well's mouth; then we water the sheep.तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”
9 And while he was yet speaking with them, Rachel came with her father's sheep: for she kept them.याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)
10 And it came to pass, when Jacob saw Rachel, the daughter of Laban his mother's brother, and the sheep of Laban his mother's brother; that Jacob went near, and rolled the stone from the well's mouth, and watered the flock of Laban his mother's brother.राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।
11 And Jacob kissed Rachel, and lifted up his voice, and wept.त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो।
12 And Jacob told Rachel that he was her father's brother, and that he was Rebekah's son; and she ran and told her father.याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।
13 And it came to pass when Laban heard the tidings of Jacob his sister's son, that he ran to meet him, and embraced him, and kissed him, and brought him to his house. And he told Laban all these things.लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।
14 And Laban said to him, Surely thou art my bone and my flesh: and he abode with him the space of a month.त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।
15 And Laban said to Jacob, Because thou art my brother, shouldest thou therefore serve me for naught? tell me, what shall thy wages be?एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?”
16 And Laban had two daughters: the name of the elder was Leah, and the name of the younger was Rachel.लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।
17 Leah was tender-eyed, but Rachel was beautiful and well-favored.लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।
18 And Jacob loved Rachel; and said, I will serve thee seven years for Rachel thy younger daughter.याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
19 And Laban said, It is better that I give her to thee, than that I should give her to another man: abide with me.लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”
20 And Jacob served seven years for Rachel; and they seemed to him but a few days, for the love he had to her.याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।
21 And Jacob said to Laban, Give me my wife (for my days are fulfilled) that I may go in to her.सात वर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”
22 And Laban assembled all the men of the place, and made a feast.यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि
23 And it came to pass in the evening, that he took Leah his daughter, and brought her to him; and he went in to her.त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।
24 And Laban gave to his daughter Leah, Zilpah his maid for a handmaid.(लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)
25 And it came to pass, that in the morning, behold, it was Leah: and he said to Laban, What is this thou hast done to me? did I not serve with thee for Rachel? why then hast thou deceived me?बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”
26 And Laban said, it must not be so done in our country, to give the younger before the first-born.लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।
27 Fulfill her week, and we will give thee this also, for the service which thou shalt serve with me yet seven other years.विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”
28 And Jacob did so, and fulfilled her week: and he gave him Rachel, his daughter, for a wife also.यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।
29 And Laban gave to Rachel, his daughter, Bilhah, his handmaid, to be her maid.(लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)।
30 And he went in also to Rachel, and he loved also Rachel more than Leah, and served with him yet seven other years.यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
31 And when the LORD saw that Leah was hated, he made her fruitful: but Rachel was barren.परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।
32 And Leah conceived, and bore a son, and she called his name Reuben: for she said, Surely the LORD hath looked upon my affliction; now therefore my husband will love me.लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
33 And she conceived again, and bore a son; and said, Because the LORD hath heard that I was hated, he hath therefore given me this son also: and she called his name Simeon.लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”
34 And she conceived again, and bore a son; and said, Now this time will my husband adhere to me, because I have borne him three sons: therefore was his name called Levi.लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”
35 And she conceived again, and bore a son: and she said, Now will I praise the LORD: therefore she called his name Judah, and left bearing.त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”
Nepali Bible