Genesis 27:24
इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
And he said, | וַיֹּ֕אמֶר | wayyōʾmer | va-YOH-mer |
Art thou | אַתָּ֥ה | ʾattâ | ah-TA |
my very | זֶ֖ה | ze | zeh |
son | בְּנִ֣י | bĕnî | beh-NEE |
Esau? | עֵשָׂ֑ו | ʿēśāw | ay-SAHV |
And he said, | וַיֹּ֖אמֶר | wayyōʾmer | va-YOH-mer |
I | אָֽנִי׃ | ʾānî | AH-nee |
Cross Reference
1 Samuel 21:2
दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
Ephesians 4:25
यसैले तिमीहरूले झूटो बोल्नु छोडनुपर्छ। आपसमा सँधै साँचो बोल। किनभने हामी आपस्तमा एउटै शरीरका अंगहरू हौं।
Romans 3:7
कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”
Zechariah 8:16
यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।
Proverbs 30:8
मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।
Proverbs 12:22
परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
Proverbs 12:19
जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
Job 15:5
जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।
Job 13:7
के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
2 Samuel 14:5
राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”महिलाले भनिन्, “म विधुवा हुँ। मेरा लोग्ने मरे।
1 Samuel 27:10
दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि अथवा ‘मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें।”
1 Samuel 21:13
तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।
Colossians 3:9
तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।