Genesis 20 - ASV (Nepali)
1 And Abraham journeyed from thence toward the land of the South, and dwelt between Kadesh and Shur. And he sojourned in Gerar.अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।
2 And Abraham said of Sarah his wife, She is my sister. And Abimelech king of Gerar sent, and took Sarah.जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।
3 But God came to Abimelech in a dream of the night, and said to him, Behold, thou art but a dead man, because of the woman whom thou hast taken. For she is a man's wife.तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
4 Now Abimelech had not come near her. And he said, Lord, wilt thou slay even a righteous nation?तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ?
5 Said he not himself unto me, She is my sister? And she, even she herself said, He is my brother. In the integrity of my heart and the innocency of my hands have I done this.अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”
6 And God said unto him in the dream, Yea, I know that in the integrity of thy heart thou has done this, and I also withheld thee from sinning against me. Therefore suffered I thee not to touch her.त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो।
7 Now therefore restore the man's wife. For he is a prophet, and he shall pray for thee, and thou shalt live. And if thou restore her not, know thou that thou shalt surely die, thou, and all that are thine.यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”
8 And Abimelech rose early in the morning, and called all his servants, and told all these things in their ear. And the men were sore afraid.यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए।
9 Then Abimelech called Abraham, and said unto him, What hast thou done unto us? And wherein have I sinned against thee, that thou hast brought on me and on my kingdom a great sin? Thou hast done deeds unto me that ought not to be done.त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो।
10 And Abimelech said unto Abraham, What sawest thou, that thou hast done this thing?तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”
11 And Abraham said, Because I thought, Surely the fear of God is not in this place. And they will slay me for my wife's sake.तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।
12 And moreover she is indeed my sister, the daughter of my father, but not the daughter of my mother; and she became my wife:त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।
13 and it came to pass, when God caused me to wander from my father's house, that I said unto her, This is thy kindness which thou shalt show unto me. At every place whither we shall come, say of me, He is my brother.परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।”
14 And Abimelech took sheep and oxen, and men-servants and women-servants, and gave them unto Abraham, and restored him Sarah his wife.तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए।
15 And Abimelech said, Behold, my land is before thee. Dwell where it pleaseth thee.अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यही बस्न सक्छौ।”
16 And unto Sarah he said, Behold, I have given thy brother a thousand pieces of silver. Behold, it is for thee a covering of the eyes to all that are with thee. And in respect of all thou art righted.सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”
17 And Abraham prayed unto God. And God healed Abimelech, and his wife, and his maid-servants. And they bare children.त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।
18 For Jehovah had fast closed up all the wombs of the house of Abimelech, because of Sarah, Abraham's wife.किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।
Nepali Bible