Bible

Genesis 2 - YLT (Nepali)

1 And the heavens and the earth are completed, and all their host;यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।

2 and God completeth by the seventh day His work which He hath made, and ceaseth by the seventh day from all His work which He hath made.परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।

3 And God blesseth the seventh day, and sanctifieth it, for in it He hath ceased from all His work which God had prepared for making.परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

4 These `are' births of the heavens and of the earth in their being prepared, in the day of Jehovah God's making earth and heavens;आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।

5 and no shrub of the field is yet in the earth, and no herb of the field yet sprouteth, for Jehovah God hath not rained upon the earth, and a man there is not to serve the ground,पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन्। भूमिहरुमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन। त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।

6 and a mist goeth up from the earth, and hath watered the whole face of the ground.पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।

7 And Jehovah God formeth the man -- dust from the ground, and breatheth into his nostrils breath of life, and the man becometh a living creature.तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

8 And Jehovah God planteth a garden in Eden, at the east, and He setteth there the man whom He hath formed;परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।

9 and Jehovah God causeth to sprout from the ground every tree desirable for appearance, and good for food, and the tree of life in the midst of the garden, and the tree of knowledge of good and evil.परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।

10 And a river is going out from Eden to water the garden, and from thence it is parted, and hath become four chief `rivers';बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो।

11 the name of the one `is' Pison, it `is' that which is surrounding the whole land of the Havilah where the gold `is',ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।

12 and the gold of that land `is' good, there `is' the bdolach and the shoham stone;यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्।

13 and the name of the second river `is' Gibon, it `is' that which is surrounding the whole land of Cush;दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो।

14 and the name of the third river `is' Hiddekel, it `is' that which is going east of Asshur; and the fourth river is Phrat.तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।

15 And Jehovah God taketh the man, and causeth him to rest in the garden of Eden, to serve it, and to keep it.तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो।

16 And Jehovah God layeth a charge on the man, saying, `Of every tree of the garden eating thou dost eat;परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरु खान सक्छौ।”

17 and of the tree of knowledge of good and evil, thou dost not eat of it, for in the day of thine eating of it -- dying thou dost die.'तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ।”

18 And Jehovah God saith, `Not good for the man to be alone, I do make to him an helper -- as his counterpart.'तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”

19 And Jehovah God formeth from the ground every beast of the field, and every fowl of the heavens, and bringeth in unto the man, to see what he doth call it; and whatever the man calleth a living creature, that `is' its name.यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो।

20 And the man calleth names to all the cattle, and to fowl of the heavens, and to every beast of the field; and to man hath not been found an helper -- as his counterpart.अनि मानिसले पाल्तू गाई वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।

21 And Jehovah God causeth a deep sleep to fall upon the man, and he sleepeth, and He taketh one of his ribs, and closeth up flesh in its stead.त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।

22 And Jehovah God buildeth up the rib which He hath taken out of the man into a woman, and bringeth her in unto the man;त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।

23 and the man saith, `This `is' the `proper' step! bone of my bone, and flesh of my flesh!' for this it is called Woman, for from a man hath this been taken;तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु।”

24 therefore doth a man leave his father and his mother, and hath cleaved unto his wife, and they have become one flesh.यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।

25 And they are both of them naked, the man and his wife, and they are not ashamed of themselves.त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरु लाज मान्दैन थिए।

Nepali Bible