Bible

Genesis 13 - YLT (Nepali)

1 And Abram goeth up from Egypt (he and his wife, and all that he hath, and Lot with him) towards the south;अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।

2 and Abram `is' exceedingly wealthy in cattle, in silver, and in gold.यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।

3 And he goeth on his journeyings from the south, even unto Bethel, unto the place where his tent had been at the commencement, between Bethel and Hai --अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ शहरहरूको बीचमा आइपुगे।

4 unto the place of the altar which he made there at the first, and there doth Abram preach in the name of Jehovah.त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।अब्राम अनि लूत छुट्टीए

5 And also to Lot, who is going with Abram, there hath been sheep and oxen and tents;त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।

6 and the land hath not suffered them to dwell together, for their substance hath been much, and they have not been able to dwell together;अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।

7 and there is a strife between those feeding Abram's cattle and those feeding Lot's cattle; and the Canaanite and the Perizzite `are' then dwelling in the land.त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।

8 And Abram saith unto Lot, `Let there not, I pray thee, be strife between me and thee, and between my shepherds and thy shepherds, for we `are' men -- brethren.यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।

9 Is not all the land before thee? be parted, I pray thee, from me; if to the left, then I to the right; and if to the right, then I to the left.'हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”

10 And Lot lifteth up his eyes, and seeth the whole circuit of the Jordan that it `is' all a watered country (before Jehovah's destroying Sodom and Gomorrah, as Jehovah's garden, as the land of Egypt,) in thy coming toward Zoar,लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)

11 and Lot chooseth for himself the whole circuit of the Jordan; and Lot journeyeth from the east, and they are parted -- a man from his companion;यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।

12 Abram hath dwelt in the land of Canaan, and Lot hath dwelt in the cities of the circuit, and tenteth unto Sodom;अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।

13 and the men of Sodom `are' evil, and sinners before Jehovah exceedingly.सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।

14 And Jehovah said unto Abram, after Lot's being parted from him, `Lift up, I pray thee, thine eyes, and look from the place where thou `art', northward, and southward, and eastward, and westward;लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।

15 for the whole of the land which thou are seeing, to thee I give it, and to thy seed -- to the age.किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।

16 And I have set thy seed as dust of the earth, so that, if one is able to number the dust of the earth, even thy seed is numbered;म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।

17 rise, go up and down through the land, to its length, and to its breadth, for to thee I give it.'यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”

18 And Abram tenteth, and cometh, and dwelleth among the oaks of Mamre, which `are' in Hebron, and buildeth there an altar to Jehovah.यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

Nepali Bible