Ezra 6

1 तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे।

2 तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोःस्मारिकाः

3 राजा कोरेसको प्रथम वर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्।

4 यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।

5 परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।

6 अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहांबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।

7 यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ। अब, परमेश्वरको त्यो मन्दिर को पुन:र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ

8 त्यस सम्बन्धमा यो आदेश दिन्छु परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पुर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि

9 तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्।

10 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।

11 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई ध्वंशावशेषको राश तुल्याउनु पर्छ।

12 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस्।

13 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे।

14 यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा।

15 अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराकोशासनकालको छैटौ वर्षको अदारमहीनाको तेस्रो दिन पुर्ण गरियो।

16 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै र्हषसाथ मनाए।

17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे।

18 तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।

19 यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए।

20 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे।

21 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए।

22 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाकोमन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।

1 Then Darius the king made a decree, and search was made in the house of the rolls, where the treasures were laid up in Babylon.

2 And there was found at Achmetha, in the palace that is in the province of the Medes, a roll, and therein was a record thus written:

3 In the first year of Cyrus the king the same Cyrus the king made a decree concerning the house of God at Jerusalem, Let the house be builded, the place where they offered sacrifices, and let the foundations thereof be strongly laid; the height thereof threescore cubits, and the breadth thereof threescore cubits;

4 With three rows of great stones, and a row of new timber: and let the expences be given out of the king’s house:

5 And also let the golden and silver vessels of the house of God, which Nebuchadnezzar took forth out of the temple which is at Jerusalem, and brought unto Babylon, be restored, and brought again unto the temple which is at Jerusalem, every one to his place, and place them in the house of God.

6 Now therefore, Tatnai, governor beyond the river, Shethar-boznai, and your companions the Apharsachites, which are beyond the river, be ye far from thence:

7 Let the work of this house of God alone; let the governor of the Jews and the elders of the Jews build this house of God in his place.

8 Moreover I make a decree what ye shall do to the elders of these Jews for the building of this house of God: that of the king’s goods, even of the tribute beyond the river, forthwith expences be given unto these men, that they be not hindered.

9 And that which they have need of, both young bullocks, and rams, and lambs, for the burnt offerings of the God of heaven, wheat, salt, wine, and oil, according to the appointment of the priests which are at Jerusalem, let it be given them day by day without fail:

10 That they may offer sacrifices of sweet savours unto the God of heaven, and pray for the life of the king, and of his sons.

11 Also I have made a decree, that whosoever shall alter this word, let timber be pulled down from his house, and being set up, let him be hanged thereon; and let his house be made a dunghill for this.

12 And the God that hath caused his name to dwell there destroy all kings and people, that shall put to their hand to alter and to destroy this house of God which is at Jerusalem. I Darius have made a decree; let it be done with speed.

13 Then Tatnai, governor on this side the river, Shethar-boznai, and their companions, according to that which Darius the king had sent, so they did speedily.

14 And the elders of the Jews builded, and they prospered through the prophesying of Haggai the prophet and Zechariah the son of Iddo. And they builded, and finished it, according to the commandment of the God of Israel, and according to the commandment of Cyrus, and Darius, and Artaxerxes king of Persia.

15 And this house was finished on the third day of the month Adar, which was in the sixth year of the reign of Darius the king.

16 And the children of Israel, the priests, and the Levites, and the rest of the children of the captivity, kept the dedication of this house of God with joy,

17 And offered at the dedication of this house of God an hundred bullocks, two hundred rams, four hundred lambs; and for a sin offering for all Israel, twelve he goats, according to the number of the tribes of Israel.

18 And they set the priests in their divisions, and the Levites in their courses, for the service of God, which is at Jerusalem; as it is written in the book of Moses.

19 And the children of the captivity kept the passover upon the fourteenth day of the first month.

20 For the priests and the Levites were purified together, all of them were pure, and killed the passover for all the children of the captivity, and for their brethren the priests, and for themselves.

21 And the children of Israel, which were come again out of captivity, and all such as had separated themselves unto them from the filthiness of the heathen of the land, to seek the Lord God of Israel, did eat,

22 And kept the feast of unleavened bread seven days with joy: for the Lord had made them joyful, and turned the heart of the king of Assyria unto them, to strengthen their hands in the work of the house of God, the God of Israel.

Job 41 in Tamil and English

1 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
Canst thou draw out leviathan with an hook? or his tongue with a cord which thou lettest down?

2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
Canst thou put an hook into his nose? or bore his jaw through with a thorn?

3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
Will he make many supplications unto thee? will he speak soft words unto thee?

4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
Will he make a covenant with thee? wilt thou take him for a servant for ever?

5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
Wilt thou play with him as with a bird? or wilt thou bind him for thy maidens?

6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
Shall the companions make a banquet of him? shall they part him among the merchants?

7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
Canst thou fill his skin with barbed irons? or his head with fish spears?

8 अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
Lay thine hand upon him, remember the battle, do no more.

9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
Behold, the hope of him is in vain: shall not one be cast down even at the sight of him?

10 कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
None is so fierce that dare stir him up: who then is able to stand before me?

11 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
Who hath prevented me, that I should repay him? whatsoever is under the whole heaven is mine.

12 अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
I will not conceal his parts, nor his power, nor his comely proportion.

13 कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
Who can discover the face of his garment? or who can come to him with his double bridle?

14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
Who can open the doors of his face? his teeth are terrible round about.

15 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
His scales are his pride, shut up together as with a close seal.

16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
One is so near to another, that no air can come between them.

17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
They are joined one to another, they stick together, that they cannot be sundered.

18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
By his neesings a light doth shine, and his eyes are like the eyelids of the morning.

19 आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
Out of his mouth go burning lamps, and sparks of fire leap out.

20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
Out of his nostrils goeth smoke, as out of a seething pot or caldron.

21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
His breath kindleth coals, and a flame goeth out of his mouth.

22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
In his neck remaineth strength, and sorrow is turned into joy before him.

23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
The flakes of his flesh are joined together: they are firm in themselves; they cannot be moved.

24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
His heart is as firm as a stone; yea, as hard as a piece of the nether millstone.

25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
When he raiseth up himself, the mighty are afraid: by reason of breakings they purify themselves.

26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
The sword of him that layeth at him cannot hold: the spear, the dart, nor the habergeon.

27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
He esteemeth iron as straw, and brass as rotten wood.

28 काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
The arrow cannot make him flee: slingstones are turned with him into stubble.

29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
Darts are counted as stubble: he laugheth at the shaking of a spear.

30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
Sharp stones are under him: he spreadeth sharp pointed things upon the mire.

31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
He maketh the deep to boil like a pot: he maketh the sea like a pot of ointment.

32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
He maketh a path to shine after him; one would think the deep to be hoary.

33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
Upon earth there is not his like, who is made without fear.

34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
He beholdeth all high things: he is a king over all the children of pride.