Bible

Exodus 35 - WEB (Nepali)

1 Moses assembled all the congregation of the children of Israel, and said to them, "These are the words which Yahweh has commanded, that you should do them.मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

2 'Six days shall work be done, but on the seventh day there shall be a holy day for you, a Sabbath of solemn rest to Yahweh: whoever does any work in it shall be put to death.“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।

3 You shall kindle no fire throughout your habitations on the Sabbath day.'"विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

4 Moses spoke to all the congregation of the children of Israel, saying, "This is the thing which Yahweh commanded, saying,इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।

5 'Take from among you an offering to Yahweh. Whoever is of a willing heart, let him bring it, Yahweh's offering: gold, silver, brass,परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

6 blue, purple, scarlet, fine linen, goats' hair,निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला,

7 rams' skins dyed red, sea cow hides, acacia wood,तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।

8 oil for the light, spices for the anointing oil and for the sweet incense,दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।

9 onyx stones, and stones to be set for the ephod and for the breastplate.गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।

10 "Let every wise-hearted man among you come, and make all that Yahweh has commanded:तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।

11 the tent, its outer covering, its roof, its clasps, its boards, its bars, its pillars, and its sockets;पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

12 the ark, and its poles, the mercy seat, the veil of the screen;पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।

13 the table with its poles and all its vessels, and the show bread;टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।

14 the lampstand also for the light, with its vessels, its lamps, and the oil for the light;बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

15 and the altar of incense with its poles, the anointing oil, the sweet incense, the screen for the door, at the door of the tent;धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,

16 the altar of burnt offering, with its grating of brass, it poles, and all its vessels, the basin and its base;होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,

17 the hangings of the court, its pillars, their sockets, and the screen for the gate of the court;आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।

18 the pins of the tent, the pins of the court, and their cords;चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।

19 the finely worked garments, for ministering in the holy place, the holy garments for Aaron the priest, and the garments of his sons, to minister in the priest's office.'"पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

20 All the congregation of the children of Israel departed from the presence of Moses.तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।

21 They came, everyone whose heart stirred him up, and everyone whom his spirit made willing, and brought Yahweh's offering, for the work of the tent of meeting, and for all of its service, and for the holy garments.तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

22 They came, both men and women, as many as were willing-hearted, and brought brooches, ear-rings, signet-rings, and armlets, all jewels of gold; even every man who offered an offering of gold to Yahweh.सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

23 Everyone, with whom was found blue, purple, scarlet, fine linen, goats' hair, rams' skins dyed red, and sea cow hides, brought them.प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।

24 Everyone who did offer an offering of silver and brass brought Yahweh's offering; and everyone, with whom was found acacia wood for any work of the service, brought it.प्रत्येक जोसंग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसंग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।

25 All the women who were wise-hearted spun with their hands, and brought that which they had spun, the blue, the purple, the scarlet, and the fine linen.प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

26 All the women whose heart stirred them up in wisdom spun the goats' hair.ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

27 The rulers brought the onyx stones, and the stones to be set, for the ephod and for the breastplate;नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।

28 and the spice, and the oil for the light, for the anointing oil, and for the sweet incense.मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।

29 The children of Israel brought a freewill offering to Yahweh; every man and woman, whose heart made them willing to bring for all the work, which Yahweh had commanded to be made by Moses.इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

30 Moses said to the children of Israel, "Behold, Yahweh has called by name Bezalel the son of Uri, the son of Hur, of the tribe of Judah.तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)

31 He has filled him with the Spirit of God, in wisdom, in understanding, in knowledge, and in all manner of workmanship;परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

32 and to make skillful works, to work in gold, in silver, in brass,उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ।

33 in cutting of stones for setting, and in carving of wood, to work in all kinds of skillful workmanship.उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ।

34 He has put in his heart that he may teach, both he, and Oholiab, the son of Ahisamach, of the tribe of Dan.परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन् (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो)

35 He has filled them with wisdom of heart, to work all manner of workmanship, of the engraver, of the skillful workman, and of the embroiderer, in blue, in purple, in scarlet, and in fine linen, and of the weaver, even of those who do any workmanship, and of those who make skillful works.परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने) अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

Nepali Bible