Bible

Exodus 25 - WEB (Nepali)

1 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नु भयो,

2 "Speak to the children of Israel, that they take an offering for me. From everyone whose heart makes him willing you shall take my offering.“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।

3 This is the offering which you shall take from them: gold, silver, brass,ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,

4 blue, purple, scarlet, fine linen, goats' hair,निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।

5 rams' skins dyed red, sea cow hides, acacia wood,रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।

6 oil for the light, spices for the anointing oil and for the sweet incense,बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।

7 onyx stones, and stones to be set for the ephod and for the breastplate.अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”

8 Let them make me a sanctuary, that I may dwell among them.परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

9 According to all that I show you, the pattern of the tent, and the pattern of all of its furniture, even so you shall make it.त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

10 "They shall make an ark of acacia wood. Its length shall be two and a half cubits, its breadth a cubit and a half, and a cubit and a half its height.“बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।

11 You shall overlay it with pure gold. Inside and outside shall you overlay it, and shall make a gold molding around it.यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।

12 You shall cast four rings of gold for it, and put them in its four feet. Two rings shall be on the one side of it, and two rings on the other side of it.सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।

13 You shall make poles of acacia wood, and overlay them with gold.बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।

14 You shall put the poles into the rings on the sides of the ark to carry the ark.सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।

15 The poles shall be in the rings of the ark. They shall not be taken from it.ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।

16 You shall put the testimony which I shall give you into the ark.“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।

17 You shall make a mercy seat of pure gold. Two and a half cubits shall be its length, and a cubit and a half its breadth.त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।

18 You shall make two cherubim of hammered gold. You shall make them at the two ends of the mercy seat.“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।

19 Make one cherub at the one end, and one cherub at the other end. You shall make the cherubim on its two ends of one piece with the mercy seat.एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।

20 The cherubim shall spread out their wings upward, covering the mercy seat with their wings, with their faces toward one another. The faces of the cherubim shall be toward the mercy seat.करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

21 You shall put the mercy seat on top of the ark, and in the ark you shall put the testimony that I will give you.म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।

22 There I will meet with you, and I will tell you from above the mercy seat, from between the two cherubim which are on the ark of the testimony, all that I command you for the children of Israel.जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

23 "You shall make a table of acacia wood. Two cubits shall be its length, and a cubit its breadth, and one and a half cubits its height.“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।

24 You shall overlay it with pure gold, and make a gold molding around it.टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।

25 You shall make a rim of a handbreadth around it. You shall make a golden molding on its rim around it.तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

26 You shall make four rings of gold for it, and put the rings in the four corners that are on its four feet.त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।

27 the rings shall be close to the rim, for places for the poles to carry the table.टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।

28 You shall make the poles of acacia wood, and overlay them with gold, that the table may be carried with them.डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।

29 You shall make its dishes, its spoons, its ladles, and its bowls to pour out offerings with. Of pure gold shall you make them.शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।

30 You shall set bread of the presence on the table before me always.टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।

31 "You shall make a lampstand of pure gold. Of hammered work shall the lampstand be made, even its base, its shaft, its cups, its buds, and its flowers, shall be of one piece with it.“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

32 There shall be six branches going out of its sides: three branches of the lampstand out of its one side, and three branches of the lampstand out of its other side;“त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।

33 three cups made like almond blossoms in one branch, a bud and a flower; and three cups made like almond blossoms in the other branch, a bud and a flower, so for the six branches going out of the lampstand;प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।

34 and in the lampstand four cups made like almond blossoms, its buds and its flowers;सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।

35 and a bud under two branches of one piece with it, and a bud under two branches of one piece with it, and a bud under two branches of one piece with it, for the six branches going out of the lampstand.सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।

36 Their buds and their branches shall be of one piece with it, the whole of it one beaten work of pure gold.कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।

37 You shall make its lamps seven, and they shall light its lamps to give light to the space in front of it.तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।

38 Its snuffers and its snuff dishes shall be of pure gold.चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।

39 It shall be made of a talent of pure gold, with all these accessories.एक तोडाशुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।

40 See that you make them after their pattern, which has been shown to you on the mountain.चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।”

Nepali Bible