Exodus 25 - BBE (Nepali)
1 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नु भयो,
2 Say to the children of Israel that they are to make me an offering; from every man who has the impulse in his heart take an offering for me.“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।
3 And this is the offering you are to take from them: gold and silver and brass;ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,
4 And blue and purple and red, and the best linen, and goats' hair;निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।
5 And sheepskins coloured red, and leather, and hard wood;रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।
6 Oil for the light, spices for the sweet-smelling oil, sweet perfumes for burning;बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।
7 Beryls and stones of value to be put on the ephod and on the priest's bag.अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”
8 And let them make me a holy place, so that I may be ever present among them.परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।
9 Make the House and everything in it from the designs which I will give you.त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
10 And they are to make an ark of hard wood; two and a half cubits long, and a cubit and a half wide and high.“बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।
11 It is to be plated inside and out with the best gold, with an edge of gold all round itयो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।
12 And make four rings of gold for it, to be fixed on its four feet, two rings on one side of it and two on the other.सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।
13 And make rods of the same wood, plating them with gold.बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।
14 And put the rods through the rings at the sides of the ark, for lifting it.सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।
15 The rods are to be kept in the rings, and never taken out.ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।
16 Inside the ark you are to put the record which I will give you.“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
17 And you are to make a cover of the best gold, two and a half cubits long and a cubit and a half wide.त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।
18 And at the two ends of the cover you are to make two winged ones of hammered gold,“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।
19 One at one end and one at the other; the winged ones are to be part of the cover.एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।
20 And their wings are to be outstretched over the cover, and the winged ones are to be opposite one another, facing the cover.करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
21 And put the cover over the ark, and in the ark the record which I will give you.म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।
22 And there, between the two winged ones on the cover of the ark, I will come to you, face to face, and make clear to you all the orders I have to give you for the children of Israel.जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।
23 And you are to make a table of the same wood, two cubits long, a cubit wide and a cubit and a half high,“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।
24 Plated with the best gold, with a gold edge all round it;टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।
25 And make a frame all round it, as wide as a man's hand, with a gold edge to the frame.तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।
26 And make four gold rings and put them at the four angles, on the four feet of the table;त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।
27 The rings are to be fixed under the frame to take the rods with which the table is to be lifted.टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।
28 Make rods of the same wood, plated with gold, for lifting the table.डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।
29 And make the table-vessels, the spoons and the cups and the basins for liquids, all of the best gold.शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
30 And on the table at all times you are to keep my holy bread.टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।
31 And you are to make a support for lights, of the best gold; its base and its pillar are to be of hammered gold; its cups, its buds, and its flowers are to be made of the same metal.“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
32 It is to have six branches coming out from its sides; three branches from one side and three from the other.“त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।
33 Every branch having three cups made like almond flowers, every cup with a bud and a flower, on all the branches.प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।
34 And on the pillar, four cups like almond flowers, every one with its bud and its flower:सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।
35 And under every two branches a bud, made with the branch, for all the six branches of it.सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।
36 The buds and the branches are to be made of the same metal; all together one complete work of hammered gold.कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।
37 Then you are to make its seven vessels for the lights, putting them in their place so that they give light in front of it.तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।
38 And the instruments and trays for use with it are all to be of the best gold.चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।
39 A talent of gold will be needed for it, with all these vessels.एक तोडाशुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।
40 And see that you make them from the design which you saw on the mountain.चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।”
Nepali Bible