Exodus 19:6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हनेछौ। मोशा मैले तिमीलाई भनेका कुरा कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
Exodus 19:6 in Other Translations
King James Version (KJV) And ye shall be unto me a kingdom of priests, and an holy nation. These are the words which thou shalt speak unto the children of Israel.
American Standard Version (ASV) and ye shall be unto me a kingdom of priests, and a holy nation. These are the words which thou shalt speak unto the children of Israel.
Bible in Basic English (BBE) And you will be a kingdom of priests to me, and a holy nation. These are the words which you are to say to the children of Israel.
Darby English Bible (DBY) and ye shall be to me a kingdom of priests, and a holy nation. These are the words which thou shalt speak to the children of Israel.
Webster's Bible (WBT) And ye shall be to me a kingdom of priests, and a holy nation. These are the words which thou shalt speak to the children of Israel.
World English Bible (WEB) and you shall be to me a kingdom of priests, and a holy nation.' These are the words which you shall speak to the children of Israel."
Young's Literal Translation (YLT) and ye -- ye are to Me a kingdom of priests and a holy nation: these `are' the words which thou dost speak unto the sons of Israel.'
Read Full Chapter :
Exodus 19
Cross Reference
1 पत्रुस 2:9
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
व्यवस्था 7:6
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।
व्यवस्था 26:19
परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।”
यशैया 62:12
उहाँका मानिसहरूलाई यसरी डाकिने छ “पवित्र मानिसहरू,” “परमप्रभुका सुरक्षित मानिसहरू।” अनि यरूशलेमलाई भनिने छ “परमेश्वरले चाहनु भएको शहर,” “परमेश्वरसँगै भएको शहर।”
1 पत्रुस 2:5
तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
प्रकाश 1:6
येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरु बनाउनु भयो। सदाका निम्ति येशूमा माहिमा अनि शक्ति रहिरहोस्। आमिन।
प्रकाश 5:10
यी मानिसहरुलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरुलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरु बनायौ। अनि तिनीहरुले पृथ्वीमाथि शासन गर्नेछन्।”
लेवी 20:26
मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।
व्यवस्था 28:9
यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ।
प्रकाश 20:6
ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्।शैतानको पराजय
1 थिस्सलोनिकी 5:27
प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ।
लेवी 11:44
किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
1 पत्रुस 1:15
तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।
लेवी 19:2
“इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।
लेवी 20:24
“मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए।“मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।
लेवी 21:7
“पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।
लेवी 21:23
तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”
व्यवस्था 14:21
“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।
व्यवस्था 33:2
मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
यशैया 61:6
तिमीहरूलाई ‘परमप्रभुका पूजाहारीहरू’ र ‘हाम्रा परमेश्वरको सेवकहरू’ भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर र्गवित हुनेछौ।
रोमी 12:1
यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।
1 कोरिन्थी 3:17
यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किन? किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।