Psalm 87:3 in Nepali

Nepali Nepali Bible Psalm Psalm 87 Psalm 87:3

Psalm 87:3
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।

Psalm 87:2Psalm 87Psalm 87:4

Psalm 87:3 in Other Translations

King James Version (KJV)
Glorious things are spoken of thee, O city of God. Selah.

American Standard Version (ASV)
Glorious things are spoken of thee, O city of God. Selah

Bible in Basic English (BBE)
Noble things are said of you, O town of God. (Selah.)

Darby English Bible (DBY)
Glorious things are spoken of thee, O city of God. Selah.

Webster's Bible (WBT)
Glorious things are spoken of thee, O city of God. Selah.

World English Bible (WEB)
Glorious things are spoken about you, city of God. Selah.

Young's Literal Translation (YLT)
Honourable things are spoken in Thee, O city of God. Selah.

Glorious
things
נִ֭כְבָּדוֹתnikbādôtNEEK-ba-dote
are
spoken
מְדֻבָּ֣רmĕdubbārmeh-doo-BAHR
city
O
thee,
of
בָּ֑ךְbākbahk
of
God.
עִ֖ירʿîreer
Selah.
הָאֱלֹהִ֣יםhāʾĕlōhîmha-ay-loh-HEEM
סֶֽלָה׃selâSEH-la

Cross Reference

Revelation 21:10
ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

Revelation 14:1
त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। उ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

Hebrews 12:22
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।

Ezekiel 37:27
मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्।

Ezekiel 36:11
म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढनेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ।

Psalm 46:4
त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।

Jeremiah 31:12
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।

Jeremiah 3:14
“हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो।“म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।

Isaiah 61:3
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’

Isaiah 59:20
तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।

Isaiah 54:2
तिमीहरूका डेरालाई ठूलो बनाऊ, तिमीहरूका ढोकाहरू फराकिलो पार। तिमीहरूको घर बढाउन नरोक। तिम्रा डेरा ठूलो र बलियो बनाऊ।

Isaiah 49:14
तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।”

Isaiah 12:6
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!

Psalm 125:1
मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।

Psalm 48:11
हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

Psalm 48:2
परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

Ezekiel 48:1
“उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ।

Ezekiel 40:1
हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।

Ezekiel 36:2
तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’