Psalm 21:5 in Nepali

Nepali Nepali Bible Psalm Psalm 21 Psalm 21:5

Psalm 21:5
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।

Psalm 21:4Psalm 21Psalm 21:6

Psalm 21:5 in Other Translations

King James Version (KJV)
His glory is great in thy salvation: honour and majesty hast thou laid upon him.

American Standard Version (ASV)
His glory is great in thy salvation: Honor and majesty dost thou lay upon him.

Bible in Basic English (BBE)
His glory is great in your salvation: honour and authority have you put on him.

Darby English Bible (DBY)
His glory is great through thy salvation; majesty and splendour hast thou laid upon him.

Webster's Bible (WBT)
He asked life of thee, and thou gavest it to him, even length of days for ever and ever.

World English Bible (WEB)
His glory is great in your salvation. You lay honor and majesty on him.

Young's Literal Translation (YLT)
Great `is' his honour in Thy salvation, Honour and majesty Thou placest on him.

His
glory
גָּד֣וֹלgādôlɡa-DOLE
is
great
כְּ֭בוֹדוֹkĕbôdôKEH-voh-doh
in
thy
salvation:
בִּישׁוּעָתֶ֑ךָbîšûʿātekābee-shoo-ah-TEH-ha
honour
ה֥וֹדhôdhode
and
majesty
וְ֝הָדָרwĕhādorVEH-ha-dore
hast
thou
laid
תְּשַׁוֶּ֥הtĕšawweteh-sha-WEH
upon
עָלָֽיו׃ʿālāywah-LAIV

Cross Reference

2 Samuel 7:8
“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः ‘मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।

John 13:31
यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।

John 17:1
यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

John 17:5
अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसंग। मलाई त्यो महिमा दिनु हवस् तपाईंको जो मसंग संसार बनिनु पहिल्यै थियो।

John 17:22
तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन, जसरी तपाईं र म एक हौ।

Ephesians 1:20
त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।

Philippians 2:9
ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

Hebrews 8:1
हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।

1 Peter 3:22
अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।

Matthew 28:18
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।

Isaiah 63:1
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

Isaiah 49:5
परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु” परमप्रभुले मलाई भन्नुभयो।

2 Samuel 7:19
म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो?

1 Chronicles 17:11
जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

1 Chronicles 17:27
त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”

Psalm 3:3
तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। तपाईंले मलाई महान् बनाउनु भयो।

Psalm 8:5
तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।

Psalm 62:7
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।

Psalm 96:6
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।

Psalm 110:1
परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

Revelation 5:8
जब भेडाको पाठोले त्यो बेहिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।