Psalm 106:24 in Nepali

Nepali Nepali Bible Psalm Psalm 106 Psalm 106:24

Psalm 106:24
तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।

Psalm 106:23Psalm 106Psalm 106:25

Psalm 106:24 in Other Translations

King James Version (KJV)
Yea, they despised the pleasant land, they believed not his word:

American Standard Version (ASV)
Yea, they despised the pleasant land, They believed not his word,

Bible in Basic English (BBE)
They were disgusted with the good land; they had no belief in his word;

Darby English Bible (DBY)
And they despised the pleasant land; they believed not his word,

World English Bible (WEB)
Yes, they despised the pleasant land. They didn't believe his word,

Young's Literal Translation (YLT)
And they kick against the desirable land, They have not given credence to His word.

Yea,
they
despised
וַֽ֭יִּמְאֲסוּwayyimʾăsûVA-yeem-uh-soo
the
pleasant
בְּאֶ֣רֶץbĕʾereṣbeh-EH-rets
land,
חֶמְדָּ֑הḥemdâhem-DA
they
believed
לֹֽאlōʾloh
not
הֶ֝אֱמִ֗ינוּheʾĕmînûHEH-ay-MEE-noo
his
word:
לִדְבָרֽוֹ׃lidbārôleed-va-ROH

Cross Reference

Ezekiel 20:6
त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।

Deuteronomy 1:32
“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।

Numbers 14:31
तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।

Hebrews 3:18
अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

Jeremiah 3:19
“म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।

Jude 1:5
तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।

Hebrews 12:16
कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।

Hebrews 4:14
हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

Hebrews 4:6
यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।

Hebrews 4:2
जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।

Hebrews 3:12
त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

Matthew 22:5
“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।

Deuteronomy 11:11
तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।

Deuteronomy 9:23
अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ।

Deuteronomy 8:7
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।

Numbers 14:11
परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?

Numbers 13:32
यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।

Genesis 25:34
तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो ज्येष्ठ-अधिकारको कुनै पर्वाह छैन।इसहाकले अबीमेलेकसित झुट्टो कुरा गर्छन