Proverbs 3:3
प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।
Proverbs 3:3 in Other Translations
King James Version (KJV)
Let not mercy and truth forsake thee: bind them about thy neck; write them upon the table of thine heart:
American Standard Version (ASV)
Let not kindness and truth forsake thee: Bind them about thy neck; Write them upon the tablet of thy heart:
Bible in Basic English (BBE)
Let not mercy and good faith go from you; let them be hanging round your neck, recorded on your heart;
Darby English Bible (DBY)
Let not loving-kindness and truth forsake thee; bind them about thy neck, write them upon the tablet of thy heart:
World English Bible (WEB)
Don't let kindness and truth forsake you. Bind them around your neck. Write them on the tablet of your heart.
Young's Literal Translation (YLT)
Let not kindness and truth forsake thee, Bind them on thy neck, Write them on the tablet of thy heart,
| Let not | חֶ֥סֶד | ḥesed | HEH-sed |
| mercy | וֶאֱמֶ֗ת | weʾĕmet | veh-ay-MET |
| and truth | אַֽל | ʾal | al |
| forsake | יַעַ֫זְבֻ֥ךָ | yaʿazbukā | ya-AZ-VOO-ha |
| thee: bind | קָשְׁרֵ֥ם | qošrēm | kohsh-RAME |
| them about | עַל | ʿal | al |
| neck; thy | גַּרְגְּרוֹתֶ֑יךָ | gargĕrôtêkā | ɡahr-ɡeh-roh-TAY-ha |
| write | כָּ֝תְבֵ֗ם | kātĕbēm | KA-teh-VAME |
| them upon | עַל | ʿal | al |
| the table | ל֥וּחַ | lûaḥ | LOO-ak |
| of thine heart: | לִבֶּֽךָ׃ | libbekā | lee-BEH-ha |
Cross Reference
Proverbs 7:3
तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।
Proverbs 6:21
उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
2 Corinthians 3:3
यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुंगाका पाटीहरूमालेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।
Jeremiah 17:1
“यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सिँगहरूमा तिखो फलामले लेखिएको थियो।
Deuteronomy 6:8
मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख
Exodus 13:9
“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।
2 Samuel 15:20
क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”
Proverbs 1:9
तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
Proverbs 20:28
यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।
Hebrews 10:16
“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।”
Ephesians 5:9
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
Psalm 25:10
परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।
Psalm 119:11
मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
Proverbs 16:6
राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
Hosea 4:1
हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्।
Micah 7:18
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
Malachi 2:6
लेवीहरूले साँचो शिक्षा दिए। लेवीबरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरणगरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बचाएँ।
Matthew 23:23
“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो।
Ephesians 5:1
तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर।
Deuteronomy 11:18
“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।