Proverbs 13:13
मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
Proverbs 13:13 in Other Translations
King James Version (KJV)
Whoso despiseth the word shall be destroyed: but he that feareth the commandment shall be rewarded.
American Standard Version (ASV)
Whoso despiseth the word bringeth destruction on himself; But he that feareth the commandment shall be rewarded.
Bible in Basic English (BBE)
He who makes sport of the word will come to destruction, but the respecter of the law will be rewarded.
Darby English Bible (DBY)
Whoso despiseth the word shall be held by it; but he that feareth the commandment shall be rewarded.
World English Bible (WEB)
Whoever despises instruction will pay for it, But he who respects a command will be rewarded.
Young's Literal Translation (YLT)
Whoso is despising the Word is destroyed for it, And whoso is fearing the Command is repayed.
| Whoso despiseth | בָּ֣ז | bāz | bahz |
| the word | לְ֭דָבָר | lĕdābor | LEH-da-vore |
| shall be destroyed: | יֵחָ֣בֶל | yēḥābel | yay-HA-vel |
| he but | ל֑וֹ | lô | loh |
| that feareth | וִירֵ֥א | wîrēʾ | vee-RAY |
| the commandment | מִ֝צְוָ֗ה | miṣwâ | MEETS-VA |
| shall be rewarded. | ה֣וּא | hûʾ | hoo |
| יְשֻׁלָּֽם׃ | yĕšullām | yeh-shoo-LAHM |
Cross Reference
2 Chronicles 36:16
तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
Numbers 15:31
किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
Psalm 19:11
परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।
Psalm 115:13
महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
Psalm 119:165
मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
2 John 1:8
होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।
Hebrews 10:28
यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।
Luke 16:31
फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
Matthew 5:12
सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
Malachi 3:16
परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।
Ezekiel 20:24
“‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।
Ezekiel 20:16
“‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुसरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए।
2 Samuel 12:9
यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?
Proverbs 1:25
र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।
Proverbs 1:30
तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यानै दिएनौ।
Proverbs 13:21
पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
Isaiah 66:2
म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
Jeremiah 43:2
होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’
Jeremiah 44:16
“परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।
Ezekiel 20:13
“‘तर इस्राएलको परिवार मरूभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुसरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरूभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें।
Ezra 10:3
अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।