Proverbs 10:30
धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।
Proverbs 10:30 in Other Translations
King James Version (KJV)
The righteous shall never be removed: but the wicked shall not inhabit the earth.
American Standard Version (ASV)
The righteous shall never be removed; But the wicked shall not dwell in the land.
Bible in Basic English (BBE)
The upright man will never be moved, but evil-doers will not have a safe resting-place in the land.
Darby English Bible (DBY)
The righteous [man] shall never be moved; but the wicked shall not inhabit the land.
World English Bible (WEB)
The righteous will never be removed, But the wicked will not dwell in the land.
Young's Literal Translation (YLT)
The righteous to the age is not moved, And the wicked inhabit not the earth.
| The righteous | צַדִּ֣יק | ṣaddîq | tsa-DEEK |
| shall never | לְעוֹלָ֣ם | lĕʿôlām | leh-oh-LAHM |
| בַּל | bal | bahl | |
| be removed: | יִמּ֑וֹט | yimmôṭ | YEE-mote |
| wicked the but | וּ֝רְשָׁעִ֗ים | ûrĕšāʿîm | OO-reh-sha-EEM |
| shall not | לֹ֣א | lōʾ | loh |
| inhabit | יִשְׁכְּנוּ | yiškĕnû | yeesh-keh-NOO |
| the earth. | אָֽרֶץ׃ | ʾāreṣ | AH-rets |
Cross Reference
Psalm 125:1
मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।
Psalm 37:22
यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
Proverbs 10:25
आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।
Proverbs 2:21
इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।
Psalm 37:28
परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
Psalm 16:8
परमप्रभुलाई मैले सधैं आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
2 Peter 1:10
मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।
Romans 8:35
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
Matthew 21:41
ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
Micah 2:9
मेरो मानिसका स्त्रीहरुलाई तिमीहरुले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ,जुन घरहरु राम्रो र आरामदायी थिए तिमीले उनीहरुको सा-साना नानीहरुलाई मेरो आशिष देखि बन्चित गरायौ।
Ezekiel 33:24
“हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’
Psalm 112:6
त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।
Psalm 52:5
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाटधकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
Psalm 37:9
किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन् तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।