Matthew 26:28
यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
Matthew 26:28 in Other Translations
King James Version (KJV)
For this is my blood of the new testament, which is shed for many for the remission of sins.
American Standard Version (ASV)
for this is my blood of the covenant, which is poured out for many unto remission of sins.
Bible in Basic English (BBE)
Take of it, all of you, for this is my blood of the testament, which is given for men for the forgiveness of sins.
Darby English Bible (DBY)
For this is my blood, that of the [new] covenant, that shed for many for remission of sins.
World English Bible (WEB)
for this is my blood of the new covenant, which is poured out for many for the remission of sins.
Young's Literal Translation (YLT)
for this is my blood of the new covenant, that for many is being poured out -- to remission of sins;
| For | τοῦτο | touto | TOO-toh |
| this | γάρ | gar | gahr |
| is | ἐστιν | estin | ay-steen |
| my | τὸ | to | toh |
| αἷμά | haima | AY-MA | |
| blood | μου | mou | moo |
| τὸ | to | toh | |
| of the | τῆς | tēs | tase |
| new | καινῆς | kainēs | kay-NASE |
| testament, | διαθήκης | diathēkēs | thee-ah-THAY-kase |
| shed is which | τὸ | to | toh |
| περὶ | peri | pay-REE | |
| for | πολλῶν | pollōn | pole-LONE |
| many | ἐκχυνόμενον | ekchynomenon | ake-hyoo-NOH-may-none |
| for | εἰς | eis | ees |
| the remission | ἄφεσιν | aphesin | AH-fay-seen |
| of sins. | ἁμαρτιῶν | hamartiōn | a-mahr-tee-ONE |
Cross Reference
Matthew 20:28
मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
Revelation 7:14
मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
Exodus 24:7
मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
Hebrews 9:14
यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
Hebrews 9:28
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।
Hebrews 10:4
किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
Hebrews 13:20
म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।
1 John 2:2
येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।
Revelation 7:9
त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।
1 Corinthians 11:25
उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गरा यसै गर्नु।
Leviticus 17:11
किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।
Colossians 1:20
अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
Zechariah 9:11
यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
Mark 1:4
बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मादिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।
Mark 14:24
त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
Luke 22:19
त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”
Romans 5:15
तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।
Romans 5:19
एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।
Ephesians 1:7
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।
Colossians 1:14
हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरु क्षमा गरिएकोछ।
Jeremiah 31:31
परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।