Mark 15:19
तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।
Mark 15:19 in Other Translations
King James Version (KJV)
And they smote him on the head with a reed, and did spit upon him, and bowing their knees worshipped him.
American Standard Version (ASV)
And they smote his head with a reed, and spat upon him, and bowing their knees worshipped him.
Bible in Basic English (BBE)
And they gave him blows on the head with a stick and put shame on him and, going down on their knees, gave him worship.
Darby English Bible (DBY)
And they struck his head with a reed, and spat on him, and, bending the knee, did him homage.
World English Bible (WEB)
They struck his head with a reed, and spat on him, and bowing their knees, did homage to him.
Young's Literal Translation (YLT)
And they were smiting him on the head with a reed, and were spitting on him, and having bent the knee, were bowing to him,
| And | καὶ | kai | kay |
| they smote | ἔτυπτον | etypton | A-tyoo-ptone |
| him | αὐτοῦ | autou | af-TOO |
| on the | τὴν | tēn | tane |
| head | κεφαλὴν | kephalēn | kay-fa-LANE |
| with a reed, | καλάμῳ | kalamō | ka-LA-moh |
| and | καὶ | kai | kay |
| upon spit did | ἐνέπτυον | eneptyon | ane-A-ptyoo-one |
| him, | αὐτῷ | autō | af-TOH |
| and | καὶ | kai | kay |
| bowing | τιθέντες | tithentes | tee-THANE-tase |
| their | τὰ | ta | ta |
| knees | γόνατα | gonata | GOH-na-ta |
| worshipped | προσεκύνουν | prosekynoun | prose-ay-KYOO-noon |
| him. | αὐτῷ | autō | af-TOH |
Cross Reference
Mark 14:65
त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।
Matthew 20:18
“हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्।
Mark 9:12
येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछ। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्
Mark 10:34
तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
Luke 18:32
उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहाँस गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
Luke 22:63
कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूल येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए।
Luke 23:11
तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।
Luke 23:36
सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।
Romans 11:4
तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”
Romans 14:10
तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।
Philippians 2:10
उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।
Hebrews 12:2
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
Hebrews 13:13
यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।
Micah 5:1
अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरुले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्।
Isaiah 53:3
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
Isaiah 52:14
“तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।
Genesis 43:28
ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।
1 Kings 19:18
म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्ब गरेको छैनन्।”
Esther 3:2
अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्।
Job 13:9
यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
Job 30:8
तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए।
Psalm 22:6
यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।
Psalm 35:15
तर जब मैले भूल गरें। ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
Psalm 69:12
तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन। मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
Psalm 69:19
मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ, तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो।
Isaiah 45:23
“मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।
Isaiah 49:7
परमप्रभु, इस्राएलका परमपवित्र र इस्राएलका उद्धारक भन्नुहुन्छ, “मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ, तर मानिसहरूले उसलाई हेला गर्दछन्। तर, राजाहरूले उसलाई हेर्ने छन्, अनि उसलाई आदर गर्न उभिनेछन्। महान अगुवाहरूले उअघि शिर झुकाउनेछन्।” यो घटना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परमपवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।
Isaiah 50:6
मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।
Genesis 24:52
जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभुअघि भूइँमा निहुरियो।