Hosea 7:2 in Nepali

Nepali Nepali Bible Hosea Hosea 7 Hosea 7:2

Hosea 7:2
तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्। अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ। ती कामहरू मेरै सामने छन्।

Hosea 7:1Hosea 7Hosea 7:3

Hosea 7:2 in Other Translations

King James Version (KJV)
And they consider not in their hearts that I remember all their wickedness: now their own doings have beset them about; they are before my face.

American Standard Version (ASV)
And they consider not in their hearts that I remember all their wickedness: now have their own doings beset them about; they are before my face.

Bible in Basic English (BBE)
And they do not say to themselves that I keep in mind all their sin; now their evil acts come round them on every side; they are before my face.

Darby English Bible (DBY)
And they say not in their hearts [that] I remember all their wickedness: now do their own doings encompass them; they are before my face.

World English Bible (WEB)
They don't consider in their hearts that I remember all their wickedness. Now their own deeds have engulfed them. They are before my face.

Young's Literal Translation (YLT)
And they do not say to their heart, `That' all their evil I have remembered, Now compassed them have their doings, Over-against My face they have been.

And
they
consider
וּבַלûbaloo-VAHL
not
יֹֽאמְרוּ֙yōʾmĕrûyoh-meh-ROO
hearts
their
in
לִלְבָבָ֔םlilbābāmleel-va-VAHM
that
I
remember
כָּלkālkahl
all
רָעָתָ֖םrāʿātāmra-ah-TAHM
their
wickedness:
זָכָ֑רְתִּיzākārĕttîza-HA-reh-tee
now
עַתָּה֙ʿattāhah-TA
their
own
doings
סְבָב֣וּםsĕbābûmseh-va-VOOM
about;
them
beset
have
מַֽעַלְלֵיהֶ֔םmaʿallêhemma-al-lay-HEM
they
are
נֶ֥גֶדnegedNEH-ɡed
before
פָּנַ֖יpānaypa-NAI
my
face.
הָיֽוּ׃hāyûHAI-oo

Cross Reference

Jeremiah 14:10
यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”

Jeremiah 2:19
तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।

Psalm 90:8
तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।

Psalm 9:16
परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

Psalm 25:7
ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ। हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।

Jeremiah 4:18
“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”

Hosea 9:9
गिबाका दिनमा झैं तिनीहरू आफैले आफैलाई साहै भ्रष्ट पारेकाछन्। परमप्रभुले इस्राएलीहरूको पापको सम्झना गर्दै तिनीहरूको पापकोलागि दण्ड दिनुहुन्छ।

Amos 8:7
परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”

Luke 12:2
प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।

1 Corinthians 4:5
यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

Hebrews 4:13
संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।

Hosea 8:13
मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।

Jeremiah 32:19
तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

Numbers 32:23
तर यदि तिमीहरूले यी कामहर गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।

Deuteronomy 32:29
यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।

Job 20:11
जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।

Job 34:21
मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।

Psalm 50:22
तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!

Proverbs 5:21
परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

Isaiah 1:3
गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँडकहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

Isaiah 5:12
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।

Jeremiah 16:17
तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।

Isaiah 44:19
ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”

Isaiah 26:16
हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।